Homeसमाचार | NEWSसमाज | SOCIETYफेवातालपारी मार्गी तमू समाज युकेद्धारा गण्डकी प्रदेश सरकारलाई १ लाख ८१ हजार...

फेवातालपारी मार्गी तमू समाज युकेद्धारा गण्डकी प्रदेश सरकारलाई १ लाख ८१ हजार सहयोग

फेवातालपारी मार्गी तमू समाज युकेद्धारा गण्डकी प्रदेश सरकारलाई १ लाख ८१ हजार सहयोग
१८ श्रावण २०७७, आईतवार
फेवातालपारी मार्गी तमू समाज युकेले आज गण्डकी प्रदेश सरकारको राहतकोषमा १ लाख ८१ हजार ५ सय ५० आर्थिक सहयोग गरेको छ ।

फेवतालपारीको मार्गीबाट युकेमा गई बसेका तमूहरुले आफनो देशमा विपत पर्दा थोरै भएपनि सहयोग गर्ने उद्देश्यले सो सहयोग रकम प्रदान गरेको जनाएको छ ।

समाजका अध्यक्ष तथा तमू प्ये ल्हु संघ युकेका पुर्व अध्यक्ष जगत प्हच्यु तमूले एक पत्र मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आफूहरुको सहयोग थोरै भए पनि ग्रहण गरिदिनु हुन अनुरोध गर्नुभएको थियो भने अध्यक्ष जगत प्हच्यु तमूकी धर्मपत्नी पार्वती पर्जु तमूले सो रकम मुख्यमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

फेवाताल पारि मार्गि तमु समाज यूकेको आर्थिक सहयोग गर्ने  सदस्याहरूको नाम यस प्रकार छन् :- १) ले. भिम प्रसाद प्हच्यु तमु – £ ५०/-, २) जगत प्हच्यु। तमु। – £ ५०/-, ३) शुसिल प्हच्यु। तमु। – £ ५०/-, ४) ओम प्रसाद ल्हो। तमु। – £ ५०/-, ५) धन बहादुर ल्हो तमु। – £ ५०/-, ६) प्रकास ल्हो तमु। – £ ५०/-, ७) देउकाजि ल्हो तमु – £ ५०/-, ८) सरोज ल्हो तमु। – £ ५०/-, ९) धन बहादुर थिम्जे तमु -£ ५०/-, १०) मन्काजि थिम्जे तमु – £ ५०/-, ११) ओम बहादुर थिम्जे तमु।- £ ५०/-, १२) रक्षे थिम्जे तमु – £ ५०/-, १३) राजेन थिम्जे। तमु। £ ५०/-, १४) अनुप थिम्जे तमु। £ ५०/-, १५) केस बहादुर क्रोम्जे।तमु £ ५०/-, १६) पूर्ण बहादुर क्रोम्जे तमु। £ ५०/-, १७) बिजमाया थिम्जे ( म्हौजे) £ ५०/-, १८) सन्तोष म्हौजे तमु। £ ५०/-, १९) डा. सुबास म्हौजे तमु। £ ५०/-, २०) गणेश पर्जु तमु। £ ५०/-, २१) बिनोद पर्जु तमु। £ £ ५०/-, २२) निराज पर्जु तमु। £ ५०/-, २३) नन्दलाल ह्रिल तमु। £ ५०/-, २४) बिकास ल्हेंगें। £ ५०/-

जम्मा रकम £ १,२००/- जम्मा ने. रू. १८१५५०/-

 सहयोग ग्रहण गर्दै मुख्यमन्त्रीले कुनै पनि सहयोग ठूलो सानो नहुने भन्दै देशमा विपती परेको बेला टाढा टाढाबाट सबैले सम्झीनु र माया गर्नु नै आफूहरुको लागि करोडौको सहयोग हुने भन्दै सहयोगी समाजका अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुप्रति आभार व्यक्त गर्नुभयो ।

 
कार्यक्रममा मार्गि तमु समाजका सल्लहाकार क्या. बिष्णु प्रसाद प्हच्यु तमु, सल्लहाकार देउ बहादुर ल्हेंगे तमु, फुलमाया थिम्जे तमु, ममता  प्हच्यु तमु, र मिलन वल्ड डट न्युज(www.milanworld.news)का प्रबन्धक निर्देशक एवं आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका अनुशासन बिभाग प्रमुख मणी लाल तमु पनि सहभागी भएको थियो |

फोटो एल्बम 

{AG}Margi-tamu-samaj-uk-arthik-rahat{/AG}

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments