मिलन वल्र्ड डट न्युज ( www.milanworld.news ) र छ्याजलो न्युज डटकम ( www.chhyajalonews.com )सञ्चालन
हुम तमु,पोखरा, २६ असार
छ्याजलो मिडिया ग्रुप प्रालिको छ्याजलो न्युज डटकम र मिलन डि जि इन्टरनेशनल प्रालिको मिलन वल्र्ड डट न्युज, न्युज पोर्टल विहिवार पोखरामा विमोचन गरिएको छ। गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले अनलाइनको विमोचन गर्दै सञ्चालनमा ल्याउनु भएको हो।

प्रमुख अतिथि गुरुङले मिडिया वाच डग होइन राज्यको अभिभावक बन्नुपर्ने बताउनुभयो। समाजमा सकरात्मक परिवर्तनका लागि मिडिया र मिडियाकर्मी उदाहरणीय बन्नुपर्दछ, पत्रकारले पित पत्रकारितालाई धर्म ठान्न नहुने उहाँको भनाई थियो।मिडिया सन्तुलित, नैतिकवान हुनुपर्दछ भन्ने विमोचित दुवै अनलाईनहरु संख्या थपिने मात्र नभएर गुणस्तरीय हुनुपर्नै पुर्व तमु सञ्चारकर्मी संघकी केन्द्रीय अध्यक्ष समेत रहनु भएकी गुरुङले बताउनुभयो। मिडियाको धर्म र कर्म बुझेर आवाज विहिनको आवाज, आदिवासी जनजातिको मौलिकता, अधिकारका लागि मिडिया साधन बन्नुपर्दछ भन्दै उहाँले प्रेस स्वतन्त्रता कतैबाट कुण्ठित हुन नहुने बताउनुभयो।

कार्यक्रममा छ्याजलो मिडिया ग्रुप प्रालिका अध्यक्ष तिलबहादुर गुरुङले छ्याजलो न्युज डटकमको बारेमा जानकारी दिनुहुदै तमु समुदायका भाषा, कला, सँस्कार सँस्कृति, मौलिकता र गतिविधीको प्रचार प्रसार गर्न अनलाइन संचालनमा ल्याएको बताउनुभयो। छ्याजलो न्युज डटकम यस अघिनै सञ्चालनमा आइरहे पनि औपचारिक विमोचन विहिवार गरिएको हो।
मिलन वल्र्ड डट न्युजका सञ्चालक दिपीका सिंजाली मगरले मिलन वल्र्ड डट न्युजले संघ संस्था, चलचित्र र मनोरञ्जनात्मक गतिविधी र समाचारहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो।

छ्याजलो मिडिया ग्रुप प्रालिका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा पुर्व सभासद अमर गुरुङ, तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङ, तमु प्ये ल्हु संघका केन्द्रीय आमा समिति अध्यक्ष पुष्पा तेल्मे गुरुङ, तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ, भकारी एडभटाइजिङका सञ्चालक कृष्णकुमार गुरुङ, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो भने मिलन वल्र्ड डट न्युजका सम्पादक रुद्र श्रीस मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
Facebook Album https://www.facebook.com/pg/mani.gurung.tamu/photos/?tab=album&album_id=928992620772785
फोटो एल्बम |
{vsig}photos/milanworldnews-opening/{/vsig}
