Google search engine
Homeअन्य | OTHER LINKआलेख | ARTICLEमाइला–कान्छाको उदाहरणीय लकडाउन राहत सहयोग अभियान

माइला–कान्छाको उदाहरणीय लकडाउन राहत सहयोग अभियान

माइला–कान्छाको उदाहरणीय लकडाउन राहत सहयोग अभियान
हुम तमु, पोखरा
गाँउ फरक फरक, पोखरा झरे पछि पनि फरक फरक ठाँउ।कर्मले डोराउदै युकेमा कार्यरत। युकेको बसाई, सेवा गर्ने सामाजिक संस्था फरक। मान्छे दुई, मन मुटु एक।हरेक चुनौतिलाई समाना गर्ने, मनमा जे छ त्यही बोल्ने।
अरुको आँसु र दुःख देख्न नसक्ने, कोमल मन।जन्मेकै सेवाको लागि हो भन्ने आदर्शले भरिएका।हँसिलो र फुर्तिला, सफा मनका धनि।झ्वाट्ट हेर्दा पनि जुम्ल्याहा पो हुन कि भन्ने भान हुने। पहिरन पनि उस्ता उस्तै।भरोसाका प्रतिमुर्ति।बाचौं र बचाऔं, हाँसौ र हसाऔं, सिधा सहयोग पिडित समक्षका पर्याय माइला–कान्छा अर्थात पार्वती गुरुङ र माया गुरुङ।
 
स्याङजा जिल्लाको दरौं गाँउ, पोखरा १७ हिमालीटोल घर भई युकेको वेलिङ निवासी पार्वती गुरुङ(माइला)साउथ इष्ट रिजनल तमु धिं युकेकी उपाध्यक्ष, सोपाल समाज युकेमा क्रियाशील हुुनुहुन्छ।यसरी नै कास्की जिल्ला मर्दीखोला साखु गाँउ, पोखरा ९ पृथ्वीचोक घर भई युके लण्डन निवासी माया गुरुङ(कान्छा) तमु समाज युकेकी संस्थापक आमा अध्यक्ष, मर्दीखोला समाज युके समेतमा क्रियाशील हुनुहुन्छ। उल्लेख गरिएका संस्थाहरु मुल संस्थाहरुसँगै युके र नेपालका धेरै संघ संस्था र अभियानहरुसँग उहाँहरु आवद्ध रही क्रियाशील रहदै सेवा पुर्याउदै आउनु भएको छ।
 
कर्मभुमि युकेबाट करिब ५ महिना अघि घर बिदामा जन्मभुमिमा फर्कनुभएकी पार्वती–माया गुरुङको जोडी पुर्वी नेपालको भ्रमण गर्नुका साथै पोखरा रंगशालामा साहरा क्लव पोखराद्धारा आयोजित आहा रारा गोल्ड कपको दानदाता बन्नुभयो।गाँउ पुग्नुभयो, आफ्ना घरायसी, पारिवारिक कामहरु समेत सकेर कर्मभुमि युके फर्कने समयमा कोभिड १९ कोरोना भाइरसको महामारीले विश्व आक्रान्त बन्यो।चिनबाट शुरु भई युरोपमा कोरोना भाइरस अनियन्त्रित रुपमा बढदै अमेरिका, अफ्रिका, एशियाली मुलुकहरुमा संक्रमणले लकडाउनको अवस्था आयो। जस्ले आवात जावत नै बन्दको अवस्थाले समस्या चुलिदै गयो। चैत्र ११ गतेदेखि नेपालमा पनि लकडाउन शुरुले कर्मभुमिमा जान रोकिनुभयो उहाँहरु।युकेमा कोरोनाको त्रासदी, परिवारजन युकेमा आफुहरु नेपालमा रोकिनुपर्दाको मनोविज्ञान।
 
बिहानी बेलुकाको पैदल यात्रा गर्दै गर्दा बिरामी, दृष्टिविहिन, दुर्घटनामा परी दीर्घ स्वास्थ्य समस्या भएकाहरुलाई पार्वती गुरुङ र माया गुरुङले जे जति आफुसँग छ सहयोग गर्दै जानुभयो। उक्त सहयोगको सामाजिक सञ्जालबाट फोटो भिडियो प्रसारणले माइला–कान्छा लकडाउन राहत सहयोग अभियान जन्मायो।अभियान नै सञ्चालन गर्ने विचार नभए पनि लकडाउन लम्बिदै जाँदा दीन दुःखीको समस्यालाई उहाँहरुले नजिकबाट महसुस गर्नुभयो। बिपन्नहरुका चुल्हो निभ्न खोज्दा आफै भोको परेको जस्तो महसुसका साथै आफन्त, इष्टमित्र, साथीभाईले कर्मथलो युकेबाट सहयोग पठाउन शुरु गरे पश्चात माइला–कान्छा लकडाउन राहत सहयोग अभियान कै रुपमा सञ्चालन भयो। सिधा सहयोग समस्यामा परेका समक्ष वितरणका साथै सामाजिक सञ्जाल फेसबुक मार्फत प्रत्यक्ष प्रसारण र मिडिया कभरेज हुदै गर्दा सहयोगदाताहरु थपिदै गए।लकडाउन अर्थात बन्दाबन्दीले अरु घर भित्रै बसिरहदा माइला–कान्छा समस्यामा परेका, चुलो निभ्नै लागेकाहरुको खोजीका साथै सिधा राहत वितरण गरी उनीहरुको हात र मुख जोड्ने माध्यम बन्दै जानुभयो। एक ठाँउमा होइन, दिनमा तिन तिन ठाँउमा बृहत राहत वितरणका कार्यक्रम गरिए।त्यति मात्र होइन अति नै समस्यामा परेका अपांग, विपन्न, दीन दुःखी, असहायको घर घरैमा भगवान बनेर माइला–कान्छा पुग्नुभयो।उहाँहरुको राहत वितरण र सहयोग हस्तान्तरणको शैलीका कारण सहयोगदाताहरु युके मात्रै होइन अमेरिका, हङकङ र नेपालबाट पनि थपिदै गए।सहयोगहरु व्यक्तिगत, पारिवारिक र संस्थागत रुपमा माइला–कान्छा लकडाउन राहत सहयोग अभियानमा दिनदिनै आउदै गर्दा माइला–कान्छा(पार्वती–माया गुरुङ)को राहत वितरण तथा नगदै रकम सहयोग हस्तान्तरण दैनिकी जस्तै बन्यो।कति त शिर्षक तोकेरै सहयोग आउने गरेको माइला(पार्वती गुरुङ) बताउनुभयो।शिर्षक तोकेरै आएको सहयोग भनेकै ठाँउमा आहत बनेकाहरुलाई राहतको मल्हपट्टि लगाउदै जानुभया। असहायहरुको समस्या समाधान गर्दै जाँदा परिवार मात्रै होइन सेवामा आफै हराइरहेको हो कि भन्ने देखिन्थ्यो।चामलको बोरा आफै बोकेरै व्यवस्थापन गर्न समेत जुट्न भ्याउने, स्त्री शक्ति माइला–कान्छा।
 
नेपाल सरकार चरण चरणमा लकडाउन बढाउदै रह्यो तर जनताको समस्यामा भने संवेदनशील नभएको प्रष्ट थियो। बरु बेला बखत भ्रष्टचार र बेमौसमी राजनीतिक नाटक मञ्चन गर्दै सत्ता लम्ब्याउन प्रपञ्च गरिरहेको सहजै बुझिन्थ्यो। कोरोना नियन्त्रणको तयारी थिएन, पिसिआर टेष्ट गर्न सकिदैन भनिदैथ्यो सरकार, नेपालको बोर्डर÷एयरपोर्टहरुमा हजारौ नेपालीहरु जन्मभुमि फर्कन बगाइरहेका आँसु देख्ने सरकार भएन, आवाज सुन्ने राज्य थिएन, भोको पेटका लागि राहत वितरणबाट गैरजिम्मेवार बन्दै राज्य निरिहको अवस्था थियो। लकडाउनको अवस्थामा सहयोग गर्ने हिरोहरु माइला–कान्छा नै आसाको केन्द्र बन्नुभयो, भोको पोखरेलीहरु बिच।कोरोना भाइरसको मतलब पनि छैन, थकाईको महसुस पनि नगरिकन निरन्तर कहिले सुकुम्वासी बस्ती, कहिले टोल टोल, कहिले सेतीको किनारै किनार, कहिले गुम्बा, बृद्धाश्रम त कहिले पोखरा प्रदर्शनीको फराकिलो क्षेत्रमा राहत वितरणको केन्द्र थियो,माइला–कान्छाको।
 
नेपालको राज्य सिस्टम भित्रैबाट बुझ्ने अवसर पनि दिलायो राहत वितरण अभियानले माइला–कान्छालाई। पोखरा महानगरपालिका वडा नं.१७ त माइला–कान्छा लकडाउन राहत वितरणका लागि जनप्रतिनीधिहरुले प्रतिवन्धित जस्तै गरायो,त्यति मात्रै कहाँ हो र पुलिस नै खटाएछ। भोकमरीमा पर्ने अवस्थामा पुगेका वडाबासीलाई न वडाले बाड्छ न त दाताहरुलाई नै बाड्न दिन्छ। जस्का कारण वडा नं.१७ का असहायहरुलाई वडा नं.१५ मा लगेर राहत वितरण गर्नुपर्ने तितो अनुभव माइला–कान्छासँग छ। माइला(पार्वती गुरुङ)को आफ्नै वडामा अपांग, असहायलाई राहत वितरण गर्न नपाउदा सेवा गरिरहने मन कति दुख्यो होला ? निगरानीका लागि प्रहरी खटाइदिदा अर्थात अपराधीलाई जस्तो व्यवहारले अभियन्ताहरुको भावनामा चोट पुगेको हुनुपर्दछ।जनप्रतिनीधिहरुले त समन्वय गरिदिनुपर्ने, दाताहरुलाई स्वागत गर्नुपर्नेमा उचित वातारण नभएकाले वडा नं.१७ मा वितरण गरिने रात पनि अन्यत्रै बाडिए।वडा नं.९ का वडाध्यक्षज्यु सहयोगदातालाई सहज वातावरण र सम्मान गर्ने भएकाले माइला–कान्छाले नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रलाई राहत वितरणको केन्द्र नै बनाएको थियो। प्रदर्शनी केन्द्र खुल्ला क्षेत्र, अत्यन्तै सहयोगी वडाध्यक्षका कारण प्रदर्शनी केन्द्रका आधा दर्जन भन्दा बढी पटक राहत वितरण गरिएको थियो। जस्को फाइदा वडा नं.९ का विपन्न वर्गले अवश्य पनि लिएको हुनुपर्दछ।केही दिन अघि वडा नं.९कै सुकुम्वासीहरु राहतको मागसहित वडा नं.९ को वडाकार्यालय हुदै पोखरा महानगरपालिका कार्यालयमा नारा जुलुस गरेका थिए।यदि माइला–कान्छा लकडाउन राहत सहयोग अभियान नभएको भए यो राहत आन्दोलन चर्किदै जाने थियो। राहतका लागि नारा लगाउने भोको पेट माइला–कान्छा लकडाउन अभियानले भराइदियो। त्यसैले माइला–कान्छा लकडाउन राहत सहयोग अभियानको जति प्रसंसा गरे पनि कमि नै होला।
 
जेठ ३० गते शुक्रवारको बिहानलाई माइला–कान्छा लकडाउन राहत सहयोग वितरण अन्तिम भएको घोषणा गरिएको थियो। कार्यक्रम पोखरा प्रदर्शनी केन्द्रमै आयोजना गरिएको थियो। कार्यक्रममा वडाध्यक्ष रामराज लामिछानेले धन्यवादसहित शुभेच्छा प्रकट गर्नुभयो। ३५० परिवारलाई राहत वितरणका मध्ये तमु प्ये ल्हु संघ युके महिला समितिको तर्फबाट ७० परिवारलाई अन्य सहयोगदाताहरुको कोशेली माइला–कान्छाले विपन्न परिवारलाई वितरण गरेको थियो।
 
अभियान समापनको घोषणासँगै भकारी इमेण्ट प्रालिले लकडाउन राहत सहयोग अभियानका अभियन्ताद्धयको सेवा र योगदानको उच्च सम्मान गर्दै कदरपत्र, क्रमु र खादाद्धारा माइला–कान्छा(पार्वती–माया गुरुङ)लाई प्रालिका सल्लाहकार, युवा काँग्रेस नेतृ, तमु धिं नेपालकी प्रथम उपाध्यक्ष सरस्वती गुरुङ, भकारी इभेण्टका निर्देशक कृष्णकुमार गुरुङसँगै म आफै तमु धिं नेपालको कार्यवाहक अध्यक्ष, पत्रकार हुम तमुले समेत सम्मान कार्यक्रममा सरिक हुने अवसर मिल्यो।
 
सम्मानले अभियन्ताद्धयको राहत वितरणको लामो थकान मेटिएको महसुस मात्रै होइन भावुक बन्नुभयो।आँसु लुकाउन सक्नुभएन।आँखामा छचल्किए। माइला–कान्छा लकडाउन राहत सहयोग अभियानको क्रममा १८ लाख रुपैया भन्दा बढी रकमको खाद्यान्न र नगद सहयोग वितरण गरिएको जानकारी प्राप्त भयो।अर्कोतिर लकडाउन अभियान सम्पन्नको घोषणा पश्चात पनि २५ जनाले अभियन्ताद्धयलाई राहतको लागि आग्रह गरे। मनका धनी अभियन्ताहरुले दीन दुःखीको अुनरोधलाई नकार्न सक्नुभएन, पुनःराहतको व्यवस्था गरिदिनुभयो। यसरी अभियान सम्पन्न घोषणाकै केही क्षणमा २५ परिवारको गाँस टुट्न दिनुभयो, घाँटी सुक्न दिनुभएन।सामुहिक रुपमा राहत वितरण नहोला तर पिडितको घर घरैमा पुगेर फेरि पनि सहयोग गरिरहनु भएको छ। अवश्य पनि नेपाल बसाईको अवस्थासम्म सेवाका लागि दाताहरुको माध्यम बनिरहनु हुनेछ।
 
अन्त्यमा, माइला–कान्छा लकडाउन राहत सहयोग अभियान नगरिएको भए राहतका लागि आन्दोलन चर्किनेथ्यो, माइला–कान्छा लकडाउन राहत सहयोग अभियान नगर्नुभएको भए कतिले उपचार गर्न पाउने थिएनन, हजारौंको घरको चुल्हो निभ्ने थियो, माइला–कान्छा लकडाउन राहत सहयोग अभियान नगरिएको भए पार्वती र माया गुरुङले नेपालको जनप्रतिनीधि, पुलिस प्रसासनको असली रुप देख्न पाउनु हुने थिएन, अभियानले हजारौंको(यस अभियानबाट चुल्हो बलिरह्यो, उपचार गर्न सक्ने भए उनीहरुको)आत्मामा माइला–कान्छाको भित्रको मान्छेको असली रुप प्रर्दशित गरायो। संकटको अवस्थामा सहयोग जुटाइदिने, विपन्न असहायका भरोसा माइला–कान्छा(पार्वती–माया गुरुङ)लाई राज्यले उचित सम्मान गरिनुपर्दछ।
 
वास्तवमा समाज बनाउने राम्रो मान्छेहरु अवसरका लागि परदेश हुनुहुन्छ।जन्मभुमिमा भ्रष्टचारतिर आँखा, तस्करीतर्फ हात, कमिशनतिर मुख भएका मान्छेहरुकै राजले सुन्दर नेपालले सुन्दरता प्राप्त गर्न सकेको छैन। आवरण मान्छे, व्यवहार दैत्यको जस्तै भएका लालसीहरुले मुलुकलाई बर्बादीतर्फ धकेलिरहेको छ। राज्यको ढुकुटीले सात पुस्ता कुम्ल्याउने दाउ भएकाहरुको हालीमुहाली छ।त्यसैले नेपाली र नेपालको समृद्धिका लागि मन, निवास्र्थ भावना, समाज र मुलुकका लागि माइला–कान्छाहरु जस्तै असल केही गर्छु भन्ने राम्रा मान्छेहरु नेपालका लागि आवाश्यक छ।राम्रा र हाम्रा मान्छे परदेशमा भएसी घरदेशमा बक्रभावना भएकाले राज गर्ने नै भए त्यसैले माइला–कान्छाहरु जन्मभुमि सिगार्न फर्किआउनु पर्दछ।हरेक बिसंगतिलाई पन्छाउदै सभ्य, समृद्ध निर्माण अभियानमा जुट्नुपर्दछ।अनि मात्र सिधा सहयोग पीडित समक्ष पुर्याउन सकिन्छ, कुनै जालझेल र तिकडम हुनेछैन।
 
फोटो एल्बम (PHOTO ALBUM – 400 Photos)
{vsig}photos/maaila-kanchha-rahat-bitaran-abhiyan{/vsig}

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments