Homeसमाचार | NEWSमनोरञ्जन | ENTERTAINMENTक्होंइबो धिं निर्माण सहयोगार्थ युएईमा ‘भेडी गोठाले’को भव्य प्रदर्शन

क्होंइबो धिं निर्माण सहयोगार्थ युएईमा ‘भेडी गोठाले’को भव्य प्रदर्शन

दुबई, ११ भदौ/गुरुङ जातिको मौलिक धार्मिक संस्था तमु प्ये ल्हु संघ, लमजुङले निर्माण गर्न लागेको क्होंइबो धिं निर्माण सहयोगार्थ संयुक्त अरब इमिरेट्स (युएई)मा गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘क्यु प्ह्रो छे’ अर्थात् ‘भेडी गोठाले’को भव्य प्रदर्शन गरिएको छ ।

तमु प्ये ल्हु संघ, युएईको आयोजनामा बरदुबईस्थित स्वीट सिलिभर स्योन रेष्टुरेण्टमा शुक्रबार गरिएको दुई वटा शोमा युएईका दर्शकले महŒवपूर्ण सहभागिता जनाए । तमु प्ये ल्हु संघ, लमजुङ क्होंइबो धिं निर्माण प्रवास समितिका संयोजक एवं संस्थाका सल्लाहकार मुक्ति टु क्ल्हेप्री तमुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चलचित्र ‘भेडी गोठाले’का कार्यकारी निर्माता, मिलन डी.जी. इन्टरनेशनल प्रालिका अध्यक्ष एवं मिलन फाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ ‘मिलन’, तमु समाज, युएईकी अध्यक्ष उषा कोन्मे तमु, सचिव इन्द्र तमु, लमजुङ समाज, युएईका अध्यक्ष महेश पराजुली, अर्जुन गौलीलगायतले शुभकामना दिनुभएको थियो ।


तमु प्ये ल्हु संघ, युएईका अध्यक्ष ओम प्हच्यु तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव महेश लेम तमुले गर्नुभएको थियो । मिलन डी.जी. इन्टरनेशनल प्रालिको पहिलो प्रस्तुती एवं दुर्गा गुरुङ ‘मिलन’ कार्यकारी निर्माता रहेको चलचित्र ‘भेडी गोठाले’को लेखन तथा निर्देशन सुवास गुरुङले गर्नुभएको हो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments