Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONकिरात राई यायोक्खा शाखा युएई र सुनुवार सेवा समाज युएईले संयुक्तरूपमा उधौली...

किरात राई यायोक्खा शाखा युएई र सुनुवार सेवा समाज युएईले संयुक्तरूपमा उधौली साकेला भव्यरुपमा मनाए।

युएई/किरात राई यायोक्खा शाखा युएई र सुनुवार सेवा समाज युएई द्वारा संयुक्तरूपमा आयोजित उधौली साकेला ,स्यादर पिदार युएई स्थित अबुधाबी मुसाफा साकेला पार्कमा किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्र साम्पाङको सभापतित्वमा र नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकालको प्रमुख आतिथ्यतामा भव्यरुपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकाल रहेको थियो भने बिशेष अतिथिमा सुनुवार सेवा समाज युएईका अध्यक्ष नर बहादुर सुनुवार,किरात राई यायोक्खा युएईका पुर्व सल्लाहकार धन राई ,नेपाल आदिबासी जनजाति महासंघ युएईका संरक्षक समिति सदस्य एवं तामाङ समाज युएईका उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ,नेपाली समाज युएईका महासचिव बेद प्रसाद अर्याल ,अतिथिमा तमु समाज युएईका उपाध्यक्ष नन्द जंग गुरुङ , नेपाल मगर संघ शाखा युएईका पुर्व अध्यक्ष राजु मगर,नेपाल मगर शाखा युएईका निवर्तमान अध्यक्ष टंक थापा मगर,तामाङ समाज युएईका कार्यवाहक अध्यक्ष जितेन्द्र तामाङ,थारु कल्याणकारी सभा युएईका अध्यक्ष रुपेश चौधरी,किरात राई यायोक्खा युएईका सल्लाहकार भगवती चाम्लिङ राई,किरात राई यायोक्खा युएईका सल्लाहकार मुम्चे राई , किरात राई यायोक्खा शाखा युएईका सल्लाहकार हर्कजङ किराती, किरात राई यायोक्खा युएईका सल्लाहकार महेन्द्र राई ,किरात राई यायोक्खा शाखा युएई अबुधाबी क्षेत्रीय अध्यक्ष मेम्बर राई ,किरात राई यायोक्खा अलऐन क्षेत्रीय अध्यक्ष राम किरात,नोक्छो डिके किराँती ,सिलिमा सिमा राई ,सिलिपा जन्मजय राई , अन्तर्राष्ट्रिय नेपाली समाज युएईका सल्लाहकार हरि घर्ती मगर,संघीय लोकतान्त्रिक मंच लिम्बुवानका प्रतिनिधि प्रकाश फियाक लिम्बू,भोजपुर हातेमालो समाज युएईका उपाध्यक्ष बिमला थापा,खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल गुरुङ,फोनिज युएईका सचिव तथा गोर्खाली रेडियो १०६ मेगाहर्जका मान सिङ गुरुङ रहेको थियो । त्यसैगरि युएईमा क्रीयाशिल संघ संस्थाका प्रमुख , प्रतिनिधि , पत्रकार , कलाकार, बुद्धिजीवी, समाजसेवी तथा किराँती तथा गैर किरातीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य किरात राई यायोक्खा क्षेत्रीय समितिका उपाध्यक्ष सुम्निमा राईले गरेका थिए भने शुभकामना मन्तव्य सुनुवार सेवा समितिका अध्यक्ष नर बहादुर सुनुवारले दिएका थिए। कार्यक्रम संचालन सचिव शम्भु बचन राई र पुर्व महासचिव तेज राइले संयुक्तरूपमा संचालन गरेका थिए ।

कार्यक्रमको सभापति प्रमुख अतिथि विशिष्ट अतिथि अतिथिहरु बाट संयुक्तरूपमा दिप प्रज्ज्वलन गरि कार्यक्रम उद्घाटन गरिएको थियो। उद्घाटन साथ नेपाली राष्ट्रिय गीत बाट कार्यक्रम शुरूवात भएको थियो भने राष्ट्रिय गीत समाप्त हुन साथ किरातिहरुको राष्ट्रिय गीत बाट कार्यक्रमले मुर्तरुप लिएको थियो ।

कार्यक्रमले मुर्तरुप लिए संगै भुमि पुजक किराती समुदायले हिउद शुरूवात भयो बालीनाली सप्रीयो किरा फट्याङग्रा बाट बन्चित भयो भन्दै बाली पाके पछि आफ्नो इष्ट देवता लाई चढाइ खानाको लागि अनुमति माग्ने प्रक्रियामा किरातीहरुको परम्परागत भेषभुषामा सजिएर पारम्पारिक परम्परागत बाजागाजाका साथ किरातीहरुको संस्कृति सांगीतिक बाजाहरु ढोल झ्याम्ट बजाइ विभिन्न प्रजातिको चराचुरुङ्गी संगै धान काटने पछार्ने बाली थन्काउने आदिको सिलि बाट नाच्दै उधौली साकेला शुरूवात गरिएको थियो। नोक्छो डिके किराती,सिलिमा सिमा राई र सिलिपा जन्मजय रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि गोबिन्द ढकालले उधौली साकेलाको शुभकामना दिंदै किरातीहरुको आफ्नो समुदायको रितिरिवाज संस्कृति लाई जगेर्ना गर्न परदेशमा रहेर पनि आफ्नो काम लाई समय मिलाएर एकै ठाउँमा जम्मा भएर यसरी साथमा साथ दिएर लागि पर्नु भएको र आफ्नो तर्फ बाट सधैं साथ र सहयोग समुदायको बारेमा आवाज उठाउने प्रतिबद्ध समेत गरेका छ्न।त्यसै गरि अतिथि हरि घर्ती मगरले उधौली साकेलाको शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा किरात राई यायोक्खा शाखा युएई र सुनुवार सेवा समाज युएईले संस्था लाई योगदान दिएको भन्दै संस्थाका पदाधिकारीहरु लाई सम्मान-पत्र सहित सम्मान गरेको थियो भने आजिवन सदस्यता प्रमाणपत्र समेत वितरण गरेको थियो ।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति तथा किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्र साम्पाङले कार्यक्रममा उपस्थित सम्पुर्णमा कार्यक्रम भव्य र सभ्यरुपमा सफल पार्न साथ दिनु हुने प्रमुख अतिथि,विशिष्ट अतिथि ,अतिथि,युएईमा क्रीयाशिल संघ संस्था,समाजसेवी,व्यवसायी, बुद्धिजीवी,पत्रकार तथा संस्थाका सम्पुर्ण पदाधिकारीहरु लाई बिशेष धन्यवाद दिंदै नयाँ बर्ष ५०८० को शुभकामना सहित सांगीतिक कार्यक्रम ०७ फेब्रुअरी २०२० मा मनाउने घोषणा समेत गरेको छ।

 Photo Album

{vsig}news/udhauli-sakela/{/vsig}

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments