Homeसमाचार | NEWSनेपाल | NEPALतमु सञ्चारकर्मी संघ कास्कीको अध्यक्षमा युग गुरुङ सर्वसम्मत

तमु सञ्चारकर्मी संघ कास्कीको अध्यक्षमा युग गुरुङ सर्वसम्मत

पोखरा । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाको अध्यक्षमा युग गुरुङ पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ। शाखाको सातौँ साधारणसभा तथा चौथो अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
पोखरा–९, नयाँबजारस्थित तमु धीं नेपालको सभाहलमा सम्पन्न अधिवेशनमा तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष लाला गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।
अधिवेशनबाट उपाध्यक्षमा शिला गुरुङ, सचिवमा दिलबहादुर गुरुङ ‘पञ्चसुब्बा’, सहसचिवमा हुमबहादुर गुरुङ र कोषाध्यक्षमा तृष्णा लक्ष्मी गुरुङ सर्वसम्मत चयन हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा आश गुरुङ, रक्षा गुरुङ र पदम घले, चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिले तमु समुदायको भाषा, संस्कार, संस्कृति, पहिचान र सामाजिक सरोकारका विषयलाई सञ्चार माध्य ममार्फत थप प्रभावकारी रूपमा उठाउने लक्ष्य लिएको छ । अधिवेशनमा संघको आगामी कार्ययोजना, सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि तथा तमु पत्रकारिताको विकास र प्रवद्र्धनका विषयमा समेत छलफल भएको थियो।
नयाँ नेतृत्वले तमु समुदायसँग सम्बन्धित विषयवस्तुको खोजमूलक तथा जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिँदै सञ्चार क्षेत्रमार्फत समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा थप योगदान गर्ने अपेक्षा गरिएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments