Homeसमाचार | NEWSनेपाल | NEPALबिना कुमारी थापा (बिनु) फोनिज कास्कीको अध्यक्षमा सर्वसम्बत चयन

बिना कुमारी थापा (बिनु) फोनिज कास्कीको अध्यक्षमा सर्वसम्बत चयन

बिना कुमारी थापा (बिनु) फोनिज कास्कीको अध्यक्षमा सर्वसम्बत चयन

४ माघ, २०८१

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीको अध्यक्षमा बिना कुमारी थापा (बिनु) सर्वसम्बत चयन भएका छन् ।

फोनिज कास्कीको शुक्रबार पोखरामा सम्पन्न अधिवेसनले थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरिएको हो । अध्यक्षमा निर्वाचित थापा प्रेस सेन्टर गण्डकीका सचिव हुन् । समितिको उपाध्यक्षम सुशीलकुमार श्रेष्ठ, सचिवमा देविका तामाङ, सहसचिवमा प्राश्ना मानन्धर र कोषाध्यक्षमा वश बहादुर शेर्पा चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा अल्चना श्रेष्ठ, हुमबहादुर गुरुङ, वर्षा गुरुङ र विनिता राना (सोनु) चयन हुनुभएको छ । बाँकी ४ सदस्य पछि थप गरिने जनाइएकोछ ।

यसअघि अधिवेशनको फोनिज गण्डकीका ईञ्चार्ज मानबहादुर घर्ती (एमबी आस्था) र तमु धिँ नेपालकी संस्थापक अध्यक्ष तथा समाजसेवी कर्मकुमारी गुरुङले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यवहाक अध्यक्ष माधव अर्याल फोनिज गण्डकी प्रदेशका उपाध्यक्ष खिमा गुरुङ, अग्रज पत्रकारहरु श्याम कुवर, दिपेन्द्र श्रेष्ठ, सन्देश श्रेष्ठ लगायतले आवाज विहीनहरुको आवाजलाई बुलन्द्ध गर्नुका साथै विभिन्न भाषा, संस्कार संस्कृति संरक्षणका लागि कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments