Homeसमाचार | NEWSनेपाल | NEPAL"दोस्रो गोर्खाली खुल्ला सामूहिक लोक नृत्य प्रतियोगितामा ताङतिङ दुधपोखरी तमु समाज विजेता"

“दोस्रो गोर्खाली खुल्ला सामूहिक लोक नृत्य प्रतियोगितामा ताङतिङ दुधपोखरी तमु समाज विजेता”

दोस्रो गोर्खाली खुल्ला सामूहिक लोक नृत्य प्रतियोगितामा ताङतिङ दुधपोखरी तमु समाज विजेता

पोखरा, ७ मंसिर । पोखरामा रहेको गोर्खाली रेडियोको आयोजनामा सम्पन्न दोस्रो गोर्खाली अन्तर समाज खुला सामूहिक लोक नृत्य प्रतियोगितामा ताङतिङ दुधपोखरी तमु समाजले प्रथम स्थान हासिल गरेको छ।

शुक्रबार पोखरा सभागृहमा आयोजित प्रतियोगितामा ताङतिङ समूहले नगद ७५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। प्रतियोगितामा विभिन्न जातीय समाजका साथै भूपू सैनिकहरूको सहभागिता रहेको १२ वटा टिम प्रतिस्पर्धामा उत्रिएका थिए ।

चिउले पाचे तमु समाजले दोस्रो स्थान हासिल गरी ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो भने पोचोको तमु समाज तेस्रो स्थानमा रहँदै ३० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र जित्न सफल भयो। शिसुवा र कोल्मा बहाकोट तमु समाजले सान्त्वना पुरस्कार स्वरूप १०/१० हजार रुपैयाँ प्राप्त गरेको गोर्खाली रेडियोका अध्यक्ष श्रीप्रसाद गुरुङले जानकारी दिनुभयो।
यसैगरी गोर्खा बिग्रेडलाई उत्कृष्ट भूपू सैनिक टिम घोषित गर्दै १० हजार रुपैयाँ र ट्रफी यसै गोर्खाली रेडियोका सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङले प्रायोजन गर्नुभएको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय, गण्डकी प्रदेश पोखराका प्रमुख शान्ति गुरुङ, संस्कृतकर्मी गजबहादुर गुरुङ ‘गजेन्द्र’ र कृष्णकुमार गुरुङ सदस्य रहनुभएको थियो।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले गण्डकी प्रदेशमा समृद्ध संस्कृति रहेकोले यसको संरक्षण र प्रबर्द्धनमा यस्ता प्रतियोगिताहरूले मद्दत पु¥याउने  बताउनुभयो। उहाँका अनुसार, यसका लागि सबैलाई एकजुट भएर काम गर्न आवश्यक छ भन्ने कुरालाई जोध दिनु भयो ।

रेडियोकी स्टेशन म्यानेजर खिमाकुमारी गुरुङका अनुसार ३५ वर्षभन्दा माथिका लोक कलाकारहरूको प्रतिभा उजागर गर्दै स्थानीय लोक भाका, कला, संस्कृति र मालिकताको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा पौराणिक कथामा आधारित घाटु, सोरठी, कृष्णचरित्र र भजनबाहेकका लोक नृत्यलाई प्राथमिकता दिइएको थियो।

कार्यक्रम संयोजक डब्लू ओ टू बलबहादुर गुरुङले प्रतियोगिताबाट बचत भएको रकमको १० प्रतिशत असहाय बालबालिकाको सहयोगका लागि छुट्याइएको जानकारी दिनुभयो । रेडियोका अध्यक्ष श्रीप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन स्टेशन म्यानेजर खिमा गुरुङले गर्नुभएको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments