तमू सञ्चारकर्मीहरूले गण्डकी प्रदेशका २ मन्त्रीलाई बधाई ज्ञापन गरे
२ जेष्ठ २०८१, बुधबार ।
पोखरा । गण्डकी प्रदेश सरकारमा नियुक्त गरिएका २ मन्त्रीलाई तमू (गुरुङ) सञ्चारकर्मीहरूले बधाई ज्ञापन गरेका छन् । गत मंगलबार, तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रीय समिति र जिल्ला शाखा कास्कीको संयुक्त टोलीले मन्त्रीहरूको कार्यकक्षमा पुगेर बधाई ज्ञापन गरेका थिए ।
संघको केन्द्रीय अध्यक्ष लाला गुरुङको नेतृत्वमा, उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बेद बहादुर गुरुङ (श्याम) र भौतिक पूर्वाधार बिकास तथा यातायात ब्यवस्था मन्त्री राजिव गुरुङलाई गुरुङ संस्कार अनुसार फेटा लगाई बधाई ज्ञापन गरेका थिए ।
बधाई ज्ञापनमा, संघका केन्द्रीय पदाधिकारीहरू सहित पूर्व केन्द्रीय अध्यक्ष मीना गुरुङ, कास्की जिल्ला निवर्तमान अध्यक्ष शान्ति गुरुङ, कास्की जिल्ला अध्यक्ष युग गुरुङ लगायत तमू (गुरुङ) सञ्चारकर्मीहरूको उपस्थिति थियो ।”
Photo Album
तमू सञ्चारकर्मीहरुद्वारा गण्डकी प्रदेशका २ मन्त्रीलाई बधाई ज्ञापन
https://www.facebook.com/media/set/?set=a.959320189536906&type=3