Homeसमाचार | NEWSसमाज | SOCIETYजनसम्पर्क समिति मकाउका सभापति गुरुङद्वारा पीडितलाई राहत

जनसम्पर्क समिति मकाउका सभापति गुरुङद्वारा पीडितलाई राहत

यसैक्रममा नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेख बहादुर गुरुङबाट साविक सिलदुजुरे गाबिस–१ चिप्ली हाल पोखरा १३ उज्वलटोल निवासी अतिबिपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

सो टोलका बखत बहादुर बिक, अमरबहादुर बिक र गजाको आमा साबिक पाँचे गाबिस हाल सोही टोलमा बस्ने अति बिपन्न सुकमाया बिक र साबिक देउराली गाविस रूपा गाउँपलिका हाल ढल्केपुल बस्ने अति सनिसा गुरुङ्गलाई प्रतिव्क्ति १ बोरा चामल, नुन, तेल, मस्यौरा, दाल चिनी र बिस्कुट लगायतका खाद्यान्न सहयोग गरेका छन् ।

त्यसैगरी जनसम्पर्क समिति मकाउका सभापति गुरुङले सिक्लेसमा शनिवार अचानक आगलागी भई पीडित भएका आस माया परियारका परिवारलाई तत्काल खाद्यान्न समस्या पर्ने भएकाले ३० केजी बरावरको १ वोरा चामल, कालो दाल १ केजी, चिनी १ केजी, १ प्याकेट चियापत्ती, तेल १ केजी र विस्कुट १ प्याकेट स्थानीय युवा भोलामान गुरुङ मार्फत आज साँझ सहयोग पुर्याएका छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments