Homeसमाचार | NEWSखेलकुद | SPORTSतेश्रो एनपिएस कप भलिबल प्रतियोगिता २०२२ को उपाधी बागलुङ समाजलाई

तेश्रो एनपिएस कप भलिबल प्रतियोगिता २०२२ को उपाधी बागलुङ समाजलाई

कोरिया स्थित नेपाली परोपकार समाजद्वारा आयोजित “तेश्रो एनपिएस कप भलिबल प्रतियोगिता २०२२” को उपाधी बागलुङ समाज दक्षिण कोरियाले आफ्नो पोल्टामा पारेको छ । थेगु सहरको गुजि खेलमैदानमा सम्पन्न भएको उक्त प्रतियोगिताको फाईनलमा नेपाली परोपकार समाज विरुद्ध सोझो सेट २३/२५ र २२/२५ मा अग्रता लिएको बागलुङले नगद २० लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो ।

प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल आयोजक नेपाली परोपकार समाज गुजि थेगुले १२ लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना स्थान हासिल गर्न सफल पर्वत समाज दक्षिण कोरिया र नेपाल मगर संघ थेगु शाखाले ३ लाख ५० हजार कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै बागलुङ समाजका सुर्यजंग क्षेत्रीले १ लाख कोरियन वोन सहित ट्रफी प्रमाणपत्र प्राप्त गरे भने अन्य विधातर्फ उत्कृष्ट लिफ्टर बाग्लुङ समाजकै बिनेश बाबु, उत्कृष्ट स्पाईकर र उत्कृष्ट लिब्रो नेपाली परोपकार समाज थेगुका खेलाडी किरण मगर र देवेन्द्र राई घोषित भएसँगै जनही पचास हजार कोरियन वोन, ट्रफी र प्रमाणपत्र सहित पुरस्कृत भए । बागलुङ समाजले पर्वत समाजलाई र नेपाली परोपकार समाजले मगर संघ थेगु शाखा टिमलाई हराउँदै फाईनलमा प्रवेश गरेको थियो ।

“प्रवासी एकता हाम्रो प्रतिवद्वतास्वास्थ को लागि खेल अनिवार्य आवश्यकता ” भन्ने प्रतियोगिताको नारा सहित कोरियामा रहेका नेपालीहरु विच आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले आयोजित सो प्रतियोगितामा २२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता सफल पार्न सुरुवाती चरणदेखि अन्तिमसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्ण संघ संस्था, व्यवसायी, सहयोगी व्यक्तित्व, मिडियाकर्मी सबैमा आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments