Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALविशुद्ध शाकाहारी महोत्सव हुने

विशुद्ध शाकाहारी महोत्सव हुने

वल्र्ड भीगन अर्गनाइजेशन नेपलको आयोजना तथा नेपाल भेजिट्रियन सोसाइटीको सहयोगमा विशाल विशुद्ध शाकाहारी महोत्सव ‘हिमालयन भीगन महोत्सव २०७९’ हुने भएको छ । लुम्विनी, काठमाडौं र पोखरामा एकै साथ पहिलो महोत्सव हुन लागेको, सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।

वल्र्ड भिगन अर्गनाइजेशन नेपाल केन्द्रीय अध्यक्ष ऋषिराम साप्कोटाका अनुशार लुम्विनीमा भदौ २८ र २९ गते काठमाण्डौमा भदौ ३० र ३१ गते, असोज १ गते होटल सोल्टी, कालीमटीमा हुनेछ । त्यसैगरी पोखराको विरौटा स्थित होटल ग्राण्ड र विराज चोकमा भने, असोज २ देखि ४ गते सम्म महोत्सवको आयोजना गरिएको छ । हिमालय क्षेत्रमा विशुद्ध शाकाहारी जीवनशैलीको ज्ञान तथा सचेतना प्रचा–प्रसार गरी यसको फाईदा बारे, आम नागरिकहरुलाई शिक्षा दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । साथै विशुद्ध शाकाहार, अहिंसा, जनवार संरक्षण गर्ने उद्देश्यले पनि महोत्सवको आयोजना गरिएको अध्यक्ष साप्कोटाले जानकारी दिनुभयो ।

महोत्सवमा एक सय भन्दा वढी अन्तर्राष्ट्रिय ख्याति प्राप्त वक्ताहरुको ज्ञान, अनुभव, प्रवचन, प्रतिनिधि र सेलीव्रिटीहरुको सहभागिता रहेनेछ । महोत्सवमा चलचित्र प्रदर्शनी, भीगन फिटनेस पार्क, बालक्रिया कलापहरु, जनावर अधिकार सम्बन्धि शिक्षा लगायत हुनेछ भने, महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष साप्कोटाले जानकारी दिनुभयो ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments