पोखरा १८ भदौ । तमु साँस्कतिक प्रतिष्ठान नेपालको २० औँ साधारणसभा तथा आठौ अधिवेशन शनिबार सम्पन्न भएकोछ । तमु धिं नेपाल पोखरामा भएको अधिवेशनले आगामी तिन वर्षका लागि पुनः चित्र बहादुर गुरुङ चयन हुनुभएको छ।
गुरुङको अध्यक्षतामा निवर्तमान अध्यक्ष चिज काजि गुरुङ सहितको १५ कार्य समिति सर्वसहमत चयन हुनुभएको हो । जसको प्रथम उपाध्यक्षमा श्रीजङ गुरुङ, उपाध्यक्षमा डमर गुरुङ, सचिवमा कंचन गुरुङ, सह–सचिबमा भेष बहादुर गुरुङ, कोषाध्यक्षमा श्याम बहादुर गुरुङ, सह–कोषाध्यक्षमा ओम गुरुङ चयन हुनुभएको छ । त्यसै गरी सदस्यहरुमा हिरा देवी गुरुङ, मनलाल(मणी) गुरुङ, लक्ष्मी गुरुङ, किरण गुरुङ, लोक बहादुर गुरुङ, आरती गुरुङ, धन कुमारी गुरुङ रहनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै, कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी गुरुङले तमु समुदायहरुको भाषा, भेषभुषा, धर्म संस्कार, संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । यसलाई संरक्षण गर्न सके, तमु सामुदायलाई मात्र नभइ, सिंगो मुलुकको धार्मिक तथा आर्थिक विकास हुनेमा अध्यक्ष गुरुङले विश्वास व्यक्त गर्नुभएको थियो ।
विशेष अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले तमु सामुदायहरुको हक अधिकारका लागि सवै तमुहरु एक हुनुपर्नेमा जोड दिनुहुँदै, नेतृत्व तहमा पनि पुग्नका लागि तमुहरुलाई आग्रह गर्नुभयो ।
प्रतिष्ठानको २० औं वार्षिक साधारण सभा तथा ८ औ अधिवेशनमा सचिव भेष बहादुर गुरुङले वार्षीक कार्ययोजना प्रतिवेदन र कोषाध्यक्ष श्याम बहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत् गर्नुभएको थियो । उक्त अवसरमा तमु साँस्कृतिक प्रतिष्ठान, नेपालको विद्यार्थी छात्रवृति अक्षयकोषमा मेनकाजी एवं मीरा तमु स्मृति छात्रवृति अक्षयकोष स्थापना गरनको लागि मेनकाजी र मीरा तमुको छोराछोरीले नगद एक लाख २५ हजार रुपैया प्रदान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका संस्थापक उपाध्यक्ष एवं आजीवन सदस्य दुर्गा बहादुर गुरुङ्गले पनि एक जना गरिब तथा जेहेन्दार विधार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषण गर्नु भयो |
कार्यक्रमको अवसरमा प्रतिष्ठानका आजिवन सदस्यहरु लक्ष्मी देवी चिउली पाचे तमु समाजको ३७ औं वार्षिक साधारण सभा तथा स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ समाजसेवीको तर्फबाट सम्मानित हुनुभएकोमा र तमु कलाकार संघ गण्डकी प्रदेशको अध्यक्षमा चयन हुनुभएकोमा सुरेन्द्र तमु, लगयातलाई वधाई ज्ञापन गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष श्रीजङ गुरुङले राख्नुभएको थियो भने, कार्यक्रम सचिव भेष बहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो ।

