Homeसमाचार | NEWSविश्व | WORLDकोरियाको किम्हेमा आकर्षक पुरस्कार राशीको पूल प्रतियोगिता हुने

कोरियाको किम्हेमा आकर्षक पुरस्कार राशीको पूल प्रतियोगिता हुने

कोरिया कोरिया स्थित नेपाल आदिवासी जनजाती महासंघ ख्यङसाङनादो बुसान शाखाको आयोजनामा आउँदो सेप्टेम्बर २५ तारिक किम्हे लुम्बिनी रेष्टुरेन्टको प्रथम पूल प्रतियोगिता हुने भएको छ । स्वच्छ र पारदर्शी खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा बन्धुत्व र मैत्रीभाव विकास गर्ने अभिप्रायले सो प्रतियोगिता आयोजना गरिएको हो । नेपाली समुदायविच भएको ख्यङ्साङ् क्षेत्रकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको जानकारी दिदै पछिल्लो समय युवा पुस्ताको पूल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाकी अध्यक्ष परी गुरुङले बताईन् ।

प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः तेह्र लाख, सात लाख र तीन लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट एक खेलाडीलाई पचास हजार कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने संस्थाकी कोषाध्यक्ष कमला गुरुङले जानकारी दिईन् ।

सेप्टेम्बर २२ सम्म खेलाडी नाम दर्ता गर्न सकिने, खेलाडीलाई प्रवेश शुल्क स्वरुप साठी हजार कोरियन वोन निर्धारण गरिएको र सो शुल्कसँगै नि:शुल्क एक सेट नेपाली खानाको व्यवस्था गरिएको जनाइएको छ । कार्यक्रम सफल बनाउन सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई सहयोगको अपिल गर्दै उपस्थितिको लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments