नेपाल लोकतान्त्रिक तमु संघ दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिको पूर्वतयारी, छलफल तथा बैठक सोमबार सम्पन्न भएको छ । संघको दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा रहनु भएका कास्की जिल्ला एवम पोखरामा बसोवास गर्ने सदस्यहरुले सम्मेलन भव्य रूपमा सम्पन्न गर्न पूर्वतयारी छलफल तथा बैठक सम्पन्न गरेको हो ।
नेकपा एमाले कास्की जिल्ला कार्यालयका सभाहलमा आयोजक समितिका संयोजक बेदबहादुर गुरुङको अध्यक्षता र नेपाल लोकतान्त्रिक तमु संघको संस्थापक अध्यक्ष एवम् नेकपा(एमाले) स्थायी समिति सदस्य किरण गुरुङको विशेष उपस्थिति, नेकपा एमाले केन्द्रिय सदस्य एवम कास्की इञ्चार्ज कृष्ण थापा, एमाले केन्द्रिय सल्लाहकार एवम लोकतान्त्रिक तमु संघका सल्लाहकार गणेशमान गुरुङ, प्रदेश उपसचिव रश्मी आचार्य, जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, पोखरा महानगरपालिका अध्यक्ष दिलिप न्यौपाने लगायत एमाले कास्की जिल्ला र पोखरा महानगरपालिकाका पदाधिकारीहरुको समेत उपस्थितीमा सम्पन्न भयो।
२०७९ साल भदौ २८ र २९ गते सुन्दर नगरी पोखरामा पुर्व प्रधानमन्त्री एवम नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न महत्वोपुर्ण निर्णयहरु गरिएको छ। निर्णयहरुलाई कार्यान्वयन गर्न गराउन सबैलाई हार्दिक अनुरोधका साथ परिपत्र गरिएको छ।