Homeसमाचार | NEWSनेपाल | NEPALपोखरामा मनाइयो ट्होटें पर्व

पोखरामा मनाइयो ट्होटें पर्व

पोखरामा गुरुङ समुदायले धूमधामका साथ ट्होटें पर्व मनाइएका छन् । पोखराको मानवअधिकारचोकबाट मंगलबार परम्परागत भेषभूषामा नाचगान गर्दै नयाँ बजार तमु धींको केन्द्रीय कार्यालयमा पुगेर औपचारिक रूपमा गुरुङ जातिको ठूलो पर्वमध्येको एक ट्होटें पर्व मनाइएको हो ।

ट्होटें पर्वमा गुरुङ जातिले विभिन्न हातहतियार, बाजाहरु, झ्याली, चोपडी , सुलाची , चिम्टा लगाएतका सामाग्रीहरू प्रदर्शनसहित पर्व मनाएका हुन् । यो पर्व वर्षको २ पटक मनाइने गरिन्छ । चैत्र महिनाको अन्तिम मंगलबार र साउन महिनाको अन्तिम मंगलबार गरि दुईपटक उधौली र उभौलीको रूपमा यो पर्वलाई मनाउने प्रचलन रहेको छ । गुरुङको मुख्य पर्व लोसार हो ।

ट्होटें पर्व पनि उत्तिकै पुरानो सांस्कृतिक पर्व हो । गाउँमा मनाइने पर्व परम्परा जोगाउन सहरमा पनि मनाउन थालिएको तमु धींका अध्यक्ष हुमबहादुर तमुले जानकारी दिए । परापूर्व कालमा गाउँघरमामा खेतीपाती राम्रो होस, शत्रु नाश होस भन्ने कामनासहित गाउँमा ट्होटे मनाउने गरिएतापनि हाल आफ्नो मौलिक भेषभुषा, भाषा संस्कृतिको संरक्षणका लागी ट्होटे पर्व मनाउदै आएको पाइन्छ । तर अहिले शहरी क्षेत्रमा मनाइने पर्वमा भने सामाजिक कुसंस्कार, भ्रष्टाचार, बेथितीलाई नाश गर्ने उद्देश्यसहित ट्होटें पर्व मनाइएको बताइन्छ ।

मंगलबारको ¥यालीमा पोखरामा रहेका विभिन्न तमु समाजको उपस्थिती रहेको थियो । पोखरामा मनाइएको ट्होटेंमा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपस्थिती थियो । ¥यालीपछिको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शोकबाट सुखद यात्रामा लाग्ने र भूतप्रेत हटाउने मात्र नभइ यस्ता पर्वले समाजबाट अन्धविश्वास, गरिबी र पछौटेपन पनि हटाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

‘प्राचीन कालदेखि नै यहाँको माटो, ढुंगा, वन, जंगल, कृषि योग्य जमिनमात्र होइन, नेपाली संस्कृति र गुरुङ जातीको विषेश योगदान रहेको स्मरण गर्न चाहान्छु’, राष्ट्रपति भण्डारीले भनिन् । गुरुङ जातिको, भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, भेषभूषाले नेपाली संस्कृतिलाई समृद्ध बनाउन ठूलो योगदान पुगेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ तमुहरुको थातथलो गण्डकी प्रदेशले यस्ता पर्व र संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्न लाग्नुपर्नेमा जोड दिए । उनले गुरुङ समुदाय शासन देखि प्रशासनको क्षेत्रमा अब्बल हुनुपर्ने उनको धारणा थियो । राजनैतीकदेखि प्रशासनको क्षेत्रमा गुरुङ समुदायको मानिसहरुको राज हुनुपर्ने उनले बताए । ‘लाहुरे संस्कृतिको मैले विरोध गर्दिन,’ उनले भने, ‘तर समय सापेक्षिक रुपमा परिवर्तन हुनुपर्छ ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख नेत्रनाथ अधिकारी, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा, प्रदेश सांसद मिना गुरुङलगायतले ट्होटेंको शुभकामना दिएका थिए ।

झाँकी ¥यालीमा चिउली पाचे प्रथम ट्होटें पर्वको अवसरमा गरिएको झाँकी ¥यालीमा चिउली पाचे तमु समाज प्रथम भएको छ । भने डडुवा दुर्छा तमु समाज दोस्रो भएको छ । पहिलो भएको चिउली पाचेले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको तमु र्धीका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । यस्तै द्वितिय भएको डडुवा दुर्छाले नगद २० हजारसहित ट्रफी हात पा¥यो ।

उक्त झाँकी ¥यालीमा घान्द्रुक ब्रेज मस्रो तमु समाज तेस्रो हुँदै १५ हजार र ट्रफी प्राप्त ग¥यो । भने सोंपाल तमु समाजले चौथों हुदै नगद १० हजार रुपैयाँ प्राप्त गरेको गुरुङले बताए । यस्तै चारभञ्याङ तमु समाज, फुलबारी तमु समाज, दिप र बगर तमु समाज सान्त्वना हुँदै ५/५ हजार रुपैयाँ प्राप्त गरेको उनले जानकारी दिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments