२६ फाल्गुन, पोखरा । तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति कास्कीको आयोजनामा आज फाल्गुन २६ गते तमु फ-लि-ना क्होइबो शक्तिघाट, रानीपौवामा छैठों अन्तरसमाज सामुहिक तथा एकल मे त्हाले (धनुष बाँण / Tamu(Gurung)Traditional Archery) प्रतियोगिता सम्पन्न भएको छ ।

तमु प्ये ल्हु संघ केन्द्रिय समितिका अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुको प्रमुख आतिथ्यतामा र जिल्ला समिति कास्कीका अध्यक्ष ओम प्हच्यु तमुको अध्यक्षतामा शुरु भएको तमु मे त्हाले (धनुष बाँण / Tamu(Gurung)Traditional Archery Day)दिवस पच्यु चिबा कुल प्रसाद क्रोम्छें तमुद्वारा तमु मे त्हाले (धनुष बाँण )को प्ये(शास्त्र)बचन गरि धनुषबाणलाई विधिवत पूजापाठ गरी खेल सञ्चालन गरेको हो ।

दिवसको अवसरमा संघ कास्कीले गत वर्षहरुमा जस्तै यसवर्ष पनि अन्तर तमू समाज सामुहिक में त्हले प्रतियोगिता एवम् एकल में त्हले प्रतियोगिता समेत सम्पन्न गरेको छ ।
सामुहिकतर्फ जम्मा ८ वटा टिमबाट ५/५ जना खेलाडीहरुले प्रतियोगीतामा भाग लिएका थिए भने एकलतर्फ जम्मा १२ जना खेलाडीहरु प्रतिस्पर्धामा उत्रेका थिए ।

भब्य र सभ्य रुपमा सम्पन्न मे त्हलें प्रतियोगितामा सामुहिकतर्फ प्रथम स्थानमा शान्त तमु समाज, पोखरा-१९ गैरिखोर कूल ६७ अंक सहित प्रथम हुन सफल भएको छ । द्दितिय स्थानमा तमु हे तमु समाज, पोखरा १५ नागबेलीमार्ग कूल ६२ अंक सहित दोस्रो हुन सफल भएको छ, कूल ४६ अंक सहित तृतीय स्थानमा स्याङ्जाली तमु समाज, पोखरा-२६ बुढीबजार र कूल ३८ अंक सहित सान्त्वनामा क्होला दीप तमु समाज, पोखरा-१६ उपल्लो दीपले प्राप्त गरेका छन ।
बिजेता समुहले क्रमशः १५ हजार, १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै आजै भएको एकल में त्हले प्रतियोगितामा शिव तमू प्रथम, धनराज तमू द्धितिय र सुरज तमू तृतिय हुन सफल भएको छ भने निम प्हच्यु तमूले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ ।
तमू प्ये ल्हु संघ केन्द्रिय समितिका अध्यक्ष हितकाजी टु तमूको प्रमुख अतिथ्यतामा सम्पन्न भएको प्रतियोगिता संघ कास्कीका अध्यक्ष उमबहादुर प्हच्यु तमूको अध्यक्षतामा भएको थियो ।

आजै वीरमाया/क्रीस्यम स्मृति अक्षयकोषबाट तमु प्ये ल्हु संघ कास्कीसंग आबद्ध तमु समाजका +२ उतिर्ण २२ जना तमु विधार्थी बाबू-नानीहरुलाई पनि सम्मान प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा यु.के. बाट पोखरा नेपाल आउनुभएको तमु प्ये ल्हु संघ युकेका आजीवन सदस्य, एभरेष्ट न्युज युकेका बरिष्ठ फोटो पत्रकार एव संचालक मिलन ल्हेंगे तमुलाई तमु प्ये ल्हु संघले स्वागत गरेका थिए |

पच्यु गुरुको प्ये(शास्त्र)अनुसार सिकारी युगमा तमु(गुरुङ)हरुले फाल्गुन पुर्णिमाको दिन तमु(गुरुङ)ले मे त्हाले (धनुष बाँण )को प्ये(शास्त्र)प्राप्त गरेको हुँदा उक्त दिन पहिले गाउँ घरमा पच्यु गुरुद्वार धनुष बाँण र अन्य हातहतियार( भाला, खुकुरी र हँसिया )हरुलाई कुखुरा काटी रगतको भोग चढाई विधिवत पुजा गरिन्थ्यो | यो पूजा गुरुङहरु पोखरा शहर झरेपछि फागु पुर्णिमा(होली)को रंगले गर्दा लोप हुन लागि सकेको थियो तर तमु प्ये ल्हु संघ कास्कीले यो पूजाको सम्रक्षण, सम्बर्द्धन तथा प्रचारप्रसार गर्नु पर्छ भनि विगत ६ वर्ष देखि संघमा आबद्ध आफ्नो समाजका सदस्यहरुलाई मौलिक धनुष बाण(मे त्हाले/ Traditional Archery )प्रशिक्षण दिएर तमु मे त्हाले (धनुष बाँण / Tamu(Gurung)Traditional Archery Day)दिवस मनाउदै आइ रहेको, भविष्यमा यो दिवस बृहत बन्दै जाने र पुरस्कार पनि वृद्धि गर्दै जाने तमु प्ये ल्हु संघ कास्कीका प्रचारप्रसार संयोजक मणी लाल सरब्ज तमूले जानकारी दिए |

मे त्हलें प्रतियोगिता तथा विधार्थी सम्मान कार्यक्रमका संयोजक निम प्हच्यु तमु रहेका थिए भने खेलका प्रशिक्षक एवं एम्पाएर अन्तरास्ट्रिय आर्चरी प्रशिक्षक अमृत तमु रहेका थिए ।
कार्यक्रमलाई औपचारिक सञ्चालन समितिका सचिव बिष्णु भुज्जा (प्हच्यु) तमुले गरेकी थिइन ।
फोटो एल्बम :
{vsig}photos/me_tahle-diwas-tpls{/vsig}
