स्व. क्या. गुरुङको स्मृतिमा अक्षयकोष स्थापना
कार्तिक २२ गते, पोखरा
पोखरा रामघाट स्थित बौद्ध अर्घौ सदनमा भएको स्व. क्या. नैन बहादुर गुरुङको पहिलो बार्षिक पुण्य तिथिमा तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई उहाँको परिवारद्वारा १ जना तमु विद्यार्थीलाई छात्रवृत्ति अक्षयकोष स्थापना गर्नु भएको छ ।
स्वर्गिय गुरुङका धर्मपत्नी माया कुमारी गुरुङ र नन्दकुमारी गुरुङ सहित सम्पूर्ण परिवारजनबाट प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमु र कोषाध्यक्ष कौशिला तमुलाई संयुक्त रुपमा रु. १,२५,०००।– (अक्षरुपी एक लाख पच्चीस हजार रुपैंया) हस्तान्तरण गर्नु भयो ।
उक्त अवसरमा आटीघर स्थित श्री सीता आधारभूत विद्यालयलाई पनि स्व. गुरुङको परिवारतर्फबाट रु. ५०,०००।– (अक्षरुपी पच्चीस हजार रुपैंया) हस्तान्तरण गर्नु भयो । आटीघर पैंगीलामा समाजको अध्यक्ष रही नेतृत्व गर्नु भएका स्व. गुरुङ ९० वर्षको उमेरमा गत वर्ष दिवंगत हुनु भएका थियो ।
स्व. गुरुङको स्मृतिमा शिक्षा क्षेत्रमा आर्थिक सहयोग गर्ने इच्छा रहेको उहाँको पारिवारले जानकारी दियो ।
प्रतिष्ठानका संस्थापक सदस्य तथा सल्लाहकार तेजबहादुर गुरुङ, अध्यक्ष चित्रबहादुर गुरुङ, स्व. गुरुङकी जेठी छोरी नानु गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा स्व. गुरुङका परिवारसका र प्रतिष्ठानका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।