Homeअन्य | OTHER LINKआलेख | ARTICLE‘लागु पदार्थ सचेतना तथा डिफेन्स करियर काउन्सिेलिङ’ कार्यक्रमको आयोजना गर्दै – मीन...

‘लागु पदार्थ सचेतना तथा डिफेन्स करियर काउन्सिेलिङ’ कार्यक्रमको आयोजना गर्दै – मीन गुरुङ

पोखरा ।आज बुधबार नेपाल फिजिकल ट्रेनिङ्ग एशोसियशन पोखराले ‘लागु पदार्थ सचेतना तथा डिफेन्स करियर काउन्सिेलिङ’ कार्यक्रमको आयोजना गर्दै छ । कार्यक्रमको सम्पुर्ण तयारी भइसकेको नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनका अध्यक्ष मीन गुरुङले जानकारी दिएका छन् । विषेश गरेर इन्डियन, सिङ्गापुर तथा ब्रिटिस आर्मीमा भर्ती हुन चाहाने तर असफल भएर हार मानेर बसिरहेका युवाहरुलाई यी बाहेक अन्य क्षेत्रमा पनि अवसर छ है भन्ने अनुभुति दिलाउनका लागि कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।

कार्यक्रममा युवाहरुलाई साइबर क्राइमका विषयमा सचेतना जगाउन जिल्ला प्रहरी कार्यालयसंग समन्वय गरिएको उनले बताए । कार्यक्रमका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख खान बहादुर कार्कीले सहजीकरण गर्ने भएका छन् । विदेशी आर्मीमा बाहेक नेपालमा पनि नेपाल पुलिस, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ लगाएतमा समेत कोसिस गर्न सकिन्छ है भन्ने विषयमा युवाहरुलाई जानकारी दिनका लागि पश्चिम पृतना, सशस्त्र, जनपथ लगाएका सम्बन्धित पक्षमा व्यक्तिहरुलाई निम्त्याइएको उनले जानकारी दिएका छन् ।

कार्यक्रममा पोखरा सहित चितवन, बुटवल, दाङ लगाएका क्षेत्रहरुबाट युवाहरु सहभागी हुने उनको भनाई छ । भौगोलिक क्षेत्रका आधारमा पनि अन्य क्षेत्रबाट भन्दा पनि पोखराका तालिम केन्द्रहरुबाट युवाहरु बढी सहभागी हुने उनले बताए ।

कार्यक्रममा करीब ३ हजार युवाहरु सहभागी हुने अनुमान गरिएको उनले जानकारी दिएका छन् । बुधबारको कार्यक्रम युवा तथा अभिभावक लक्षित भएकाले सहभागिताका लागि उनले सबैलाई आग्रह गरेका छन् ।

युवाहरु सहभागी हुने कार्यक्रम पोखराको अम्मरसिंङचोकमा भेला भएर ¥याली सहित सभागृहचोकमा सभाको आयोजना गरिने भएको छ । कार्यक्रम सफल बनाउनका लागि विभिन्न समिति तथा उपसमितिहरु समेत गठन गरिएको बताइएको छ ।

संभार : परिचय नेटवर्क

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments