जुलाई ३१ हंगकंग :-नेपालमा रहेका आपाङ्गहरुको सहयोगार्थ भारतीय गाेर्खा भुतपुर्व सैनिक संघ हङकङको अायाेजनामा २८ जुलाई २०१९ मा भएको पाँचौं प्रस्तुति “भारतीय गाेर्खा भुपु साँझ – २०१९” हङकङ मा भव्यता साथ सम्पन्न भएको छ।

उद्घाटन कार्यक्रमका अध्यक्षता संघका अध्यक्ष मन प्रसाद गुरूङले गर्नु भएको थियोे भने प्रमुख अतिथि मिलन फाउन्डेसन नेपालका संरक्षक , मिलन डि.जि इन्टरनेशनल प्रा.ली का अध्यक्ष एवं पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरूङ (मिलन ) रहनु भएको थियो। कार्यक्रममा हङकङमा रहेका विभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम भव्यरुपमा सम्पन्न गराउनको लागी संयोजक काजी गुरुङ रहेको थियो । उद्घाटन कार्यक्रम संचालन संघका सचिव चन्द्र बहादुर पुनले संचालन गर्नु भएको थियोे भने संस्कृतिक कार्यक्रम देव राज राई र जीवन बिष्टले संचालन गर्नु भएको थियोे ।

कार्यक्रम भब्य र सभ्य रूपले सु-सम्पन्न गराउनको लागि नेपाल बाट अामन्त्रित अथिती कलाकारहरू गायक तथा सर्जक राजन राज सिवाकोटी , गायिका मिलन अामात्य , लाेक दाेहाेरी गायिका मनमाया वाेईबा , लाेक दाेहरी गायिका काजल गुरूङ , नृत्याङ्गना एंव माेडल जेनिता मगर , गायक अाेम गुरूङ , लाेक दाेहाेरी गायक बल बिक्रम थापा ,कार्यक्रम प्रस्ताेता जीवन बिष्ट र पब्लिक स्पिकर सिजन – २ का बिजेता रमेश प्रसाईंको उपस्थितिको साथ बिशेष प्रस्तुति रहेको थियो भने स्थानीय कलाकारहरु संस्थाका सदस्यहरू कस्मिना गुरूङ , मनिस गुरूङ र प्रतिक्षा गुरूङकाे दम्दार बेजोड प्रस्तुति रहेको थियो। हङकङको बिग्रदो परिस्थितिमा पनि “भारतीय गाेर्खा भुपु साँझ – २०१९” भब्य र सभ्य रूपले सफल बनाउन साथ र सहयोग गर्नु हुने सम्पूर्ण संघका सदस्य लगायत दर्शकहरूलाई भारतीय गाेर्खा भुतपुर्व सैनिक संघ हङकङले धन्यवाद समेत ज्ञापन गरेको छ।
