Homeसमाचार | NEWSविश्व | WORLDभारतीय र चिनियाँ सैनिकबीच लद्दाखमा हिंस्रक झडप : तीन भारतीय सैनिकको मृत्यु

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखमा हिंस्रक झडप : तीन भारतीय सैनिकको मृत्यु

एजेन्सी । भारतीय र चिनियाँ सैनिकबीच पूर्वी लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त भएको छ । भिडन्तमा तीन भारतीय सैनिक मारिएका बिबिसीले जनाएको छ । 

भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको भारतीय अधिकारीले बताएका छन् ।

भारतीय सेनाले भारत-चीन सीमामा सोमबार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन्। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments