Homeसमाचार | NEWSसमाज | SOCIETYहर्क- रन अक्षय कोष स्थापना, संघमा धेरै योगदान दिने महिलालाई वर्षको उत्कृष्ट...

हर्क- रन अक्षय कोष स्थापना, संघमा धेरै योगदान दिने महिलालाई वर्षको उत्कृष्ट सम्मान गरिने

मणी सरब्ज तमु / पोखरा, ३१ साउन
विहिबार पोखरामा प्ये ता ल्हु तामा योगदान पुर्याएका तमु आमाहरुलाई सम्मान गर्ने उदेश्यका साथ बाबा स्व. सुब्दार मेजर हनेरी क्याप्टेन हर्क बहादुर त्हाेर्जे र आमा स्व. रनसुवा पाल्चै तमुको स्मृतिमा छोरा सुबेदार प्रेम त्हाेर्जे तमु र बुहारी पुष्पा तेल्मे तमु द्वारा तमु प्ये ल्हु संघ केन्द्रीय महिला समिती लाई अक्षय कोष हस्तान्त्रण गरीएको छ । कार्यक्रममा अक्षय कोषको रकम रु १,११,१११ ( एक लाख एघार हजर एक सय एघार रुपाया मात्र) र प्रीन्टेट चेक हस्तन्त्रण गरिएको हो ।

तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितीको अध्यक्ष पुष्पा तेल्मे तमुको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमु, विशेष अतिथी : पुर्व अध्यक्ष रुप बहादुर गरब्ज तमु, प्रथम उपाध्यक्ष आई बहादुर ल्हेगे तमु ,दितिय उपाध्यक्ष पोम बहादुर क्रोम्छे तमु र अतिथीहरु तमु प्ये ल्हु संघ हङकङका सल्लाहकार प्रेम गरब्ज तमु, युवा समितीका अध्यक्ष , जिल्ला समितीका अध्यक्ष, लगायतको उपस्थितीमा कार्यक्रम महिला समितीका सचिव पुर्णिमा कुब्जे तमुले सञ्चालन गर्नुभएको थियो ।

परीवार र समाज समृद्ध बन्न महिलाको महत्व धेरै रहने बताउदै प्ये ल्हु संघमा महिलाहरु लाई कृयाशिल बनाउने उदेश्यका साथ आफुले आबद्ध भएर विशेष योगदान पुर्याउने महिलाहरुलाई वर्षको एक पटक वान अफ दि यियर छनौट गरी प्रोत्साहन स्वरुप सम्मान गरीने अक्षय कोष दाता तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितीका अध्यक्ष पुष्पा तेल्मे तमुले बताउनु भयो ।

त्येस्तै प्रमुख अतिथी तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हित काजी टु क्ल्हेप्री तमुले आमाहरुले गरेको कामको प्रसंशा गर्दै यहि भदौमा हुन लागेको युवा समितीको स- फु – क्ह्याल्स सास्कृतिक साँझ को लागि प्रवाश शाखाहरु बाट पनि सहयोग आउदै गरेको जानाकारी गराउदै तमु प्ये ल्हु संघ लम्जुङ युवा समितीले छिट्टै जिल्ला भर आफ्नो युवा समितीको ईकाई विस्तार गर्ने तयारीमा जुटेको खबर प्राप्त भएको जानाकारीए समेत गराउनु भयो ।

महिला समितीको उपाध्यक्ष देवी टु क्ल्हेप्री तमुको स्वागत मन्तव्य सँगै तमु प्ये ल्हु संघ केन्द्रीय समितीका पुर्व अध्यक्ष रुप बहादुर गरब्ज तमु, प्रथम उपाध्यक्ष आई बहादुर ल्हेगे , युवा समितीको अध्यक्ष शुक्र राज सरब्ज तमु, तमु प्ये ल्हु संघ जिल्ला समिती कास्कीका अध्यक्ष उम प्हच्यु तमु लगायतले मन्तवय दिनु भएको थियो ।

त्यसैगरी तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितीको तर्फ बाट अक्षय कोष दाता दुई दम्पती सुवेदार प्रेम त्हाेर्जे तमु र तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितीको अध्यक्ष पुष्पा तेल्मे तमुलाई फेटा, घलेक र फुल माला लगाएर सम्मान गरिएको थियो । भने केहि हप्ता अघि मात्रै पोखरा रोटरी क्ल्ब द्वारा सम्मानित हुनु भएको कास्की, ल्वाङ्को चिया बगानका निर्देशक तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हित काजी टु क्ल्हेप्री तमुलाई फेटा र फुल माला लगाएर बधाई तथा सम्मान गरेको थियो ।

Photo Feature / Album

{vsig}news/harka_ran_axaya_kosh{/vsig}

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments