Google search engine
Homeसमाचार | NEWSमिलन | UNION | पुनर्मिलन | REUNION६८ वर्ष पछि आमा छोराको मिलन

६८ वर्ष पछि आमा छोराको मिलन

एजेन्सी। यदि मिलन हुनुछ भने कसैले रोक्दैन । नरोकिएका उदाहरण धेरै छन् । यस्तै घटना अहिले चर्चामा छ ।

करीब सात दशक अघि बिछोडिएको आमा छोराको भेट बल्ल भएको छ । उनीहरुबीच ६८ वर्षपछि सोमबार भेट भएको हो । १९५० देखि १९५३ सम्म उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको युद्धका कारण हजारौं जनता पारिवारीक सम्बन्धबाट बिछोडिएका थिए । बिछोडीनेमा ९२ वर्षीय केयुम सियोम पनि थिए । केयुमले आफ्नो छोराको उमेर ७१ वर्षपछि भेट भएको थियो ।

यो घटना बारे तपाइँलाई जानकारी होस् । यो घटना त्यसबेला हो जब कोरिया युद्ध चरम उत्कृर्षमा थियो ।  अमेरिका युद्धमा हावी भएको थियो । ठाउँ ठाउँमा गोलीको वर्षा भइरहेको थियो । यसैसमयमा केयूम आफ्ना श्रीमान् र २ बच्चाका साथ गोलाबारीबाट जोगिन सुरक्षित स्थानको खोजिमा हिडीन् । र, उनले आफू जस्तै २ व्यक्तिलाई भेटिन् । यो भेटले गर्दा अहिले केयुम निकै खुुसी छिन् । उनले भनेकी छन्, ‘म सपनामा छुकि विपनामा ?’

उत्तर कोरिया रिसोर्टमा हरेक तीन वर्षमा हुँने तीनदिने पुनर्मिलन कार्यक्रममा आमाले दशकौँ पछि आफ्नो सन्तानलाई भेटेका हुन्। आमाको आँशु– दक्षिण कोरियाली ९२ वर्षे लि केम सिओमले ७२ वर्षका उत्तर कोरियाली छोरा लि सुङ च्यूअल ६८ वर्ष पछि पहिलो पटक भेटिन्।अन्त्यमा मिसेस लि र उनका छोराले एकले अर्कालाई हेर्न पाए। उनी र उनको नाबालक छोरी ७० वर्ष अघि छोरा च्यूअल र श्रीमान्सँग बिछडिएकी थिइन्। त्यतिबेला च्यूअल जम्मा ४ वर्षका थिए। कोरिया युद्धपछि भेट नभएका आफन्तलाई पहिलोपटक भेट्न दक्षिण कोरियालीहरु उत्तर कोरिया गएका हुन्। उत्तर कोरिया जाने दक्षिण कोरियालीको समूहमा सबैभन्दा पाको व्यक्तिको उमेर १०१ वर्षको छ।

दुई कोरियाले १०० जनाको दरले यसपटक पुनर्मिलनको लागि छनौट गरिएको थियो। त्यसमा आफूले भेट्न चाहेको आफन्त जीवित नरहेको थाहा पाएपछि ८३ जना उत्तर कोरियाली र ८९ जना दक्षिण कोरियाली यसपटकको पारिवारिक पुनर्मिलन कार्यक्रममा सहभागी भएका थिए। उनीहरु तीन दिन त्यहा बस्नेछन् र जम्मा ११ घण्टा समय बिताउने छन्।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments