Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPAL‘पार्वता तमु स्मृति पत्रकारिता पुरस्कार–२०७७’ बाट पत्रकार डण्ड तमु पूरस्कृत

‘पार्वता तमु स्मृति पत्रकारिता पुरस्कार–२०७७’ बाट पत्रकार डण्ड तमु पूरस्कृत

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित ‘पार्वता तमु स्मृति पत्रकारिता पुरस्कार–२०७७’ बाट पत्रकार डण्ड तमु पुरस्कृत भएका छन् ।

प्रतिष्ठानको १९औं वार्षिकोत्सवको अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा पत्रकार तमुलाई प्रतिष्ठानले उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो।

पुरस्कृत भएका तमु आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघिय अध्यक्ष, तमु(गुरुङ) सञ्चारकर्मी संघको पूर्व अध्यक्ष एवं नागरिक खबर डटकमका संचालक अध्यक्ष समेत हुन्।

उनलाई प्रतिष्ठानको १९औँ वार्षिकोत्सव स्रष्टा सम्मान एवम विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रमको अवसरमा गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले नगद २५ हजार सहित फेटा र सम्मानपत्रले पुरस्कृत गरेका हुन् ।

करिव साढे दुई दशक भन्दा लामो समय विभिन्न प्रिन्ट एवम श्रव्यदृश्य मिडियामा आबद्ध रही सुचना तथा संचार क्षेत्रमा पु¥याएको उल्लेखनीय एवम अविष्मरणीय योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले बताएको छ ।

सिन्धुली तीनकन्या नगरपालिका ९ स्थायी घर भई हाल ललितपुर महानगरपालिका २३ हात्तिवन बस्दै आएका सम्मानित तमू बिगत करिब दुई साढे दशकदेखि पत्रकारिता क्षेत्रमा केन्द्रित छन ।

सम्मान कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर तमु र सञ्चालन सचिब भेष बहादुर तमुले गरेका थिए ।

फोटो एल्बम / Photo Album

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments