Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALफोनिज गण्डकीद्वारा घाचोकमा ‘सञ्चार र पर्यटन’ विषयक अन्तरक्रिया

फोनिज गण्डकीद्वारा घाचोकमा ‘सञ्चार र पर्यटन’ विषयक अन्तरक्रिया

फोनिज गण्डकीद्वारा घाचोकमा ‘सञ्चार र पर्यटन’ विषयक अन्तरक्रिया
ग्रामीण पर्यटनमा मिडियाको भूमिका

भाद्र २१, २०७८पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीको आयोजनामा माछापुच्छ्रे गाउँपालिका १, घाचोकमा ‘सञ्चार र पर्यटन’ विषयक अन्तक्र्रिया भएको छ । २ दिनसम्म विभिन्न सेसनमा भएको अन्तक्र्रियाका वक्ताले ग्रामीण पर्यटन विकासमा सञ्चारमाध्यमका भूमिका महत्वपूर्ण रहेको औंल्याए ।

उद्घाटन सत्रमा गण्डकी प्रदेश कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले कोरोनाले सुस्ताएको पर्यटक चलायमान बनाउन आमसञ्चारको ठूलो जिम्मेवारी रहेको बताए । उनले आमसञ्चार विधेयक मिडिया हाउस र मिडियाकर्मीमैत्री हुने बताउँदै आमसञ्चार विधेयक संशोधनसहित अगाडि बढाइने बताए । उनले लोककल्याणकारी विज्ञापन समेत मिडियाकर्मीलाई प्रोत्साहन हुने गरी वितरण गर्ने बताए । ‘मिडियाको क्षेत्रमा केकस्ता नयाँ काम गर्न सकिन्छ, सबैको सल्लाह सुझाव लिएर नै अगाडि बढ्ने हो,’ मन्त्री थापाले भने, ‘मिडियाको क्षेत्रमा केही नयाँ गर्ने सोच छ । सबैसँग छलफल भइरहेको छ ।’ घाचोकमा रहेको पर्यटनको सम्भावनालाई उजागर गर्न र पर्यटन प्रवद्र्धन गर्न मन्त्रालय सधैं तयार रहेको उनले बताए ।
फोनिज गण्डकीले माछापुच्छ्रेको घाचोक पुगेर विभिन्न सेसनमा अन्तक्र्रिया गरेको हो ।गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले घाचोकमा पर्यटनको प्रचूर सम्भावना भए पनि विविध कारणले पछि परेको गुनासो गरे । पछिल्लो २ वर्ष कोरोनाले झनै बिथालेको उनले सुनाए । यो अवस्थामा मिडियाको अहम भूमिका रहने उनको भनाइ थियो । सामुद्री सतहबाट १ हजारदेखि ७ हजार मिटरसम्मको यहाँ भूभागमा नेचर, कल्चर र एड्भेञ्चरको राम्रो सम्भावना रहेको उनको भनाइ थियो । अन्नपूर्ण संरक्षण क्षेत्रका कारण धेरै कानुनी प्रावधान छन् । घाचोक हुँदै अन्नपूर्ण ३ र ४, मर्दी हिमाल, गंगापूर्णसम्म पुग्न सकिने भए पनि मिडियाको नजर नपुगेकाले ओझेलमै परेको उनको भनाइ छ । प्याराग्लाइडिङसहित हनी हन्टिङ र प्राकृतिक तातोपानीको विकास गर्न खोजिएको अध्यक्ष गुरुङ बताउँछन् । पर्यटकीय क्षेत्रको विकासका लागि सञ्चारमाध्यमको आवश्यक रहेका कारण घाचोकसहित समग्र माछापुच्छ्रे गाउँपालिकाको विकासमा सञ्चारकर्मीसँगै सहकार्य गर्न तयार रहेको उनले बताए ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले ४ वर्षभित्रको प्रगति प्रतिवेदन पनि प्रस्तुत गरेका थिए । अतक्र्रियाको पहिलो दिन शनिबार ‘पत्रकार पेसागत क्षमता अभिवृद्धि’ विषयमा पत्रकार सुदन ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो दिनको पहिलो सेसनमा ‘माछापुच्छ्रे गाउँपालिकाको समृद्धि र पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका’ विषयमा पर्यटनविद् टीकाराम सापकोटाको कार्यपत्रमाथि अन्तक्र्रिया गरिएको थियो । त्यसैगरी दोस्रो सेसनमा पत्रकार केशवशरण लामिछानेले ‘भाषा अर्थात सञ्चारमाध्यम’ विषयमा प्रशिक्षण दिए । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयका निमित्त सचिव काशीराम गैह्रेले गत वर्ष भएका कार्यक्रम र यो वर्षका योजना र कार्यक्रमबारे आफ्नो प्रस्तुतिमार्फत पत्रकारलाई प्रष्ट पारे । अन्तिम सेसनमा ‘मिडिया सामग्रीमाथिको अवधारण’ माथि पत्रकार अमरध्वज लामाले प्रस्तुति राखेका थिए ।

सञ्चार मन्त्रालय र माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा फोनिज गण्डकी अध्यक्ष एमबी आस्थाले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारले सधैं साथ दिने बताए । महासचिव रुद्र श्रीषमगरले फोनिजले पर्यटन प्रवद्र्धनमा फोनिजले अझै उत्कृष्ट कार्यक्रम ल्याउने जनाए । –

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments