Google search engine
Homeसाहित्य | LITERATUREहरिदेवी कोइराला संगीत सम्मान राष्ट्रिय पुरस्कार हिमाली, भजन चुड्का र रामबजार पुन...

हरिदेवी कोइराला संगीत सम्मान राष्ट्रिय पुरस्कार हिमाली, भजन चुड्का र रामबजार पुन समाजलाई

अली मियाँ लोकवाङमय प्रतिष्ठानको सम्मानै सम्मान
हरिदेवी कोइराला संगीत सम्मान राष्ट्रिय पुरस्कार हिमाली, भजन चुड्का र रामबजार पुन समाजलाई
कास्की आवाज सम्वाददाता/पोखरा, १७ चैत्र

पोखरा १० बुद्धचोक कान्तिपुर पार्टी प्यालेसमा आइतवार कार्यक्रममा कला, साहित्य, सस्कृति र संगीत क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती। मञ्चमा दुइ व्यानर। एउटा व्यानर अलिमियाँ लोकवाङमय प्रतिष्ठान पोखरा आयोजक रहेको मित्र राष्ट्र भारतका पुर्व राष्ट्रपति डा.ए.पी.जे.अब्दुल कलामको नाममा स्थापित फाउण्डेशनको पदाधिकारी एवम् नेपाली लोक सँस्कृतिको संरक्षणमा विशेष योगदान पुर्याएका तीनवटा संस्थाहरुको स्वागत तथा सम्मान समारोह। अर्को हरिदेवी कोइराला साहित्य–संगीत सम्मानकोष हरिदेवी कोइराला संगीत सम्मान राष्ट्रिय पुरस्कार–२०७५सम्मान समारोह।

कार्यक्रममा सम्मानै सम्मान। अली मियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराले विभिन्न वाङ्मयिक संस्था एवम् स्रष्टालाई सम्मान गरेको हो।

समारोहमा मित्रराष्ट्र भारतका पूर्व राष्ट्रपति डा.अब्दुल कलाम फाउण्डेशनका अध्यक्ष बद्रीविक्रम थापा, संस्थापक सचिव अब्दुल खालिक र संस्कृति सचिव दिलिप थापालाई स्वागत एवं सम्मान गरिएको थियो भने नेपाली लोक संस्कृतिको क्षेत्रमा विशिष्ठ योगदान पुर्याए बापत हिमाली सांस्कृतिक परिवार पोखरा, राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान कास्की र रामबजार पुन समाजलाई हरिदेवी कोइराला संगीत सम्मान राष्ट्रिय पुरस्कार–२०७५सम्मान गरिएको थियो। लोक सँस्कृति संरक्षणमा विशेष योगदान पुर्याएको भन्दै तीन संस्थालाई सम्मान गरिएको बताइएको थियो।

सम्मानित हुनेहरुलाई हरिदेवी कोइराला साहित्य–संगीत सम्मानकोषकी प्राज्ञ हरिदेवी कोइराला, गायिका बाबा राणा, अली मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, हरीदेवी कोइराला साहित्य–संगीत सम्मानकोषका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सम्मान पत्र, दोसल्ला र फूलमालाबाट सम्मान गरिएको थियो। सम्मानितहरुको परिचय साहित्यकार तुलसी प्रभासले दिनुभएको थियो ।

कार्यक्रममा डा.ए.पी.जे. अब्दुल कलाम फाउण्डेसनका अध्यक्ष बद्री विक्रम थापा, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका अध्यक्ष भीमबहादुर बरालले नेपाल र भारतबीचको सांस्कृतिक एकता र मैत्रीपूर्ण सम्बन्धलाई कार्यक्रमले अरु मजबूद बनाउन सहयोग पुर्याएको उल्लेख गर्दै सम्मानप्रति आभार व्यक्त गर्नुभयो।

अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको उक्त समारोहमा उपाध्यक्ष प्राज्ञ हरिदेवी कोइरालाले स्वागत तथा सचिव पद्मराज ढकालले सञ्चालन गर्नुभएको थियो। उक्त अवसरमा विशेष कवि गोष्ठीसहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।

 

कवि गोष्ठीमा डा. जगन्नाथ रेग्मी, के.आर. ढकाल, सरस्वती श्रेष्ठ सरु, तर्कना शर्मा, किशोरदत्त बराल, शंकर ज्ञवाली, डा.गेहेन्द्र पोखरेली, आशा उपाध्याय बराल, सिर्जन ज्ञवाली, सन्ध्या विवश पथिक, बद्री विक्रम थापालगायतले रचना वाचन गर्नुभएको थियो भने हिमाली सांस्कृतिक परिवार, राष्ट्रिय लोकभजन चुड्का संरक्षण समिति प्रतिष्ठान र रामबजार पुन समाजले नृत्य प्रस्तुत गरेका थिए।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments