Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALस्वाभिमान बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा सम्पन्न

स्वाभिमान बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा सम्पन्न

स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । विहीबार पोखरामा भएको सभाको उद्घाटन गर्नुहुँदै पोखरा १७ की, अध्यक्ष राधिका योगीले सहकारीको सिद्धान्तलाई कार्यन्वयन गर्दै अघि वढे, उच्च स्थानमा रहन सकिने बताउनुभयो । साथै, शेयर सदस्यहरुले मुनाफा भन्दा पनि बचत र समय कति दिने भन्ने बारे ध्यान दिनुपर्नेबारे अध्यक्ष योगीले आग्रह गनुभयो । सहकारीलाई विधि र नितिमा रहेर काम गर्न पनि आग्रह गर्नुहुँदै उहाले, सकेको साथ र सहयोग दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । जिल्ला वचत संघका अध्यक्ष भेषराज बरालले सहकारीलाई खाजा, भत्ताको रुपमा नहेर्न शेयर सदस्यहरुलाई आग्रह गर्नुहुँदै, सहकारीका बारे बुभ्mनुपर्नेमा जोड दिनुभयो । साथै बन्दसत्रमा गहनरुपमा छलफल गरी अघि वढ्नका लागि समेत उहाँले आग्रह गर्नुभयो । पछिल्लो समयमा अनुगमनको क्रममा केही डाक्टर, इन्जिनियर र सांसदहरुले सञ्चालन गर्दै आएको सहकारीहरु विग्रिएको पाइएको र जसलाई सुधार्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहकारीकी सल्लाहकार तथा क्षेत्री समाज नेपाल महिला केन्द्रीय अध्यक्ष उर्मीला क्षेत्रीले शेयर सदस्यहरुको तर्फबाट, बन्धना कार्कीले सम्मानित हुनेहरुको तर्फबाट र भारतीय भूपू शैनिक गोर्खा विग्रेडका अध्यक्ष कर्नेल कृष्ण बहादुर खत्रीले सल्लाहकारको तर्फबाट शुभकामना मन्तव्य दिनुभएको थियो ।

उक्त अवसरमा शेयर सदस्य जेष्ठ नागरिक अर्जुन वहादुर केसी, जनसेवा विभुषण २०७९ बाट सम्मानित हुन लाग्नुभएको भन्दै, सहकारीकी उपाध्यक्ष तथा पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी दोसल्ला र प्रमाण पत्रमार्फत सम्मानित हुनुभएको थियो । त्यसैगरी उत्कृष्ट कारोबार, बचत कर्ता, र शेयर सदस्यहरुका छोराछोरीलाई एसइइ, विविएस, स्नातक, विएसी नर्सीङ, स्नात्तोर गरेका लगायतकालाई दोसल्ला र पमाणपत्रले समान गरिएको थियो । कार्यक्रममा वार्षिक प्रतिवेदन सहकारीका अध्यक्ष कमल बहादुर रेग्मीले गर्नुभएको थियो । अध्यक्ष रेग्मीका अनुसार शेयर सदस्य ८ सय ४१ जना रहेको छ भने, शेयर पूँजी ४ करोड ५७ लाख ३७ हजार ५ सय रहेको छ । त्यसैगरी मासिक बचत ४ करोड ३ लाख ६९ हजार ४ सय ४५ रुपैयाँ र जगेडाकोष तथा अन्यकोषमा ६२ लाख ३ हजार ६ सय ३२ रुपैयाँ रहेको छ । दर्जा जोखिम कोषमा ४५ लाख ९ हजार ९ सय ७७ रुपैया रहेको छ भने, ऋण लगानी कोषमा १० करोड ६३ लाख ३१ हजार, १ सय ४६ रुपैयाँ रहेको छ । त्यसैगरी जम्मा निक्षेप ५ कारोड ७२ लाख ३० हजार ७ सय ९२ रुपैयाँ र १३ करोड, ६२ लाख ३० हजार ७ सय ५५ रुपैयाँ कूल पूँजी रहेको छ । सभामा अर्चना बस्नेतले सहकारीको ७ सिद्धान्त वाचन गर्नुभएको थियो । अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विमला भण्डकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने, सचिव सारा बहादुर पोख्रेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments