Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALसुमन निउरे बने कार्तिकको ‘बेस्ट पुलिस’ !!!

सुमन निउरे बने कार्तिकको ‘बेस्ट पुलिस’ !!!

जिल्लाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमका खेल्दै आएका जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरे सम्मानित भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वथको कार्यालय प्रमुखको रुपमा कार्यरत रही कुश्मा बजार सहित जिल्लाको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै उनलाई गत कात्र्तिक महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो। कुश्मा बजारका विभिन्न चोकहरुमा जेब्रा क्रसीङको निर्माण, बसपार्क सञ्चालन, मध्यपहाडी लोकमार्गको अव्यवस्थित पार्किङको व्यवस्थापन, ट्राफिक सचेतना बृद्धिका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको लगायतका कामको मूल्याङ्कनका आधारमा सम्मानित गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ट्राफिक नियमको पालनामा कडाई र सचेतना बृद्धि गरी सवारी दुर्घट्ना न्यूनीकरण गर्न योगदान गरेको, सांगठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारीहरु पूरा गरेको, लगनशीलताका साथ दायित्व पूरा गरेको, कर्तब्यनिष्ठ, इमान्दार र व्यवसायिक सुझबमुझका साथ प्रशंसनीय ढङ्गले कार्यसम्पादन गरेकाले ‘२०७९ कात्र्तिक महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।

सम्मान पाएका ट्राफिक प्रहरी प्रमुख निउरेले आफूले गर्दै आएका कामबारे जिल्ला प्रहरी कार्यालय पर्वतले गरेको मूल्याङ्कनले आफूलाई खुसी लागेको बताउँदै अब पनि जिल्लाको ट्राफिक व्यवस्थापनमा झनै खटीएर काम गर्ने बताएका छन्। प्रायः सदरमुकाम र राजमार्गमा मात्रै सिमित हुँदै आएको ट्राफिक अनुगमनको कामलाई अब विकेन्द्रित गरेर जिल्लाका ग्रामिण क्षेत्रहरुमा पनि लैजाने उनको भनाई छ। चाडबाडको अवसरमा ग्रामिण क्षेत्रमा चल्ने सवारीमा गरिएको अनुगमनलाई अब पनि निरन्तरता दिएर दुर्घटना न्यूनीकरणमा लाग्ने निउरेले बताए ।

निउरेले पर्वत सदरमुकाम कुश्मा बजारमा पहिलो पटक जेब्रा क्रसिङको निर्माण गरेर पैदलयात्री र सवारीको ओहरदोहरलाई व्यवस्थित बनाएका छन्। बजारभित्रको सडकमा एकतर्फी पार्किङ गर्ने तथा अटेर गर्नेहरुको ‘ह्वील लक’ गर्ने, मध्यहपहाडी लोकमार्ग अन्तर्गत कुश्मा खरेहा क्षेत्रको सडकमा गरिने सवारी पार्किङ हटाउने, खरेहा र जिल्ला प्रहरी कार्यालय पर्वत अगाडिको सडकमा सवारी गति सिमित गर्न सडक ब्यारीकेट राख्ने, सवारी दुर्घटना न्यूनीकरण गर्न म्याग्दी, बागलुङ र पर्वतबाट पोखरा आउजाउ गर्ने सवारीहरुमा टाइम कार्ड लागू गर्ने लगायका कामहरु गरेका छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments