सिर्जनशील कलाकार समूहको आयोजना र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित ईन्टरनल लाइन्स सामूहिक कला प्रदर्शनी भइरहेको छ ।
जसको प्रदर्शनी भदौ २५ गते सम्म चल्ने आयोजकले जनाएको छ । कलाको माध्यमबाट जनमानसमा सकारात्मक सन्देश प्रभाह गरी पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सिर्जनशील कलाकार समूह कास्कीका अध्यक्ष मिलन शेरचनले जानकारी दिनुभायो ।
वार्षिक रुपमा पोखरा महेन्द्र पुलस्थित पोखरा आर्ट ग्यालरीमा प्रदर्शनी गरिदै आएको छ । यस वर्षको कला प्रदर्शनीको भने, तीनदिन अघि (भदौ १० गतेका दिन) पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रम वीच उद्घाटन गर्नुभएको थियो ।
प्रदर्शनीमा ८५ जना नयाँ पुराना कलाकारहरुको सहभागिता रहेको केदार पालिखेले जानकारी दिनुभयो ।
३५ वर्षदेखि कलाकारिता क्षेत्रमा लाग्नुभएको पोखरा – ३ पालिखेचोकका पालिखेले प्रदर्शनीले नयाँ कलाकरहरुलाई उत्साह र थप हौसला वढ्ने विश्वास व्यक्त गर्नभयो । पालिखेका अनुसार प्रदर्शनीमा धेरैले अवलोकन गरेको छ भने, अवलोकनका क्रममा स्केचको माग पनि गरिएको छ ।
