Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONसाउथ इष्ट रिजनल तमु धिं युकेले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेनिटाइजर र...

साउथ इष्ट रिजनल तमु धिं युकेले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेनिटाइजर र मास्क सहयोग

साउथ इष्ट रिजनल तमु धिं युकेले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेनिटाइजर र मास्क सहयोग
पोखरा, १८जेठ
विश्वमा कोरोनाबाट मृत्यु हुनेमा अमेरिका पछिको दोश्रो मुलुक युके। कोरोनाबाट युकेमा साठी भन्दा बढी नेपालीको मृत्यु। अत्यन्तै संक्रमण परेको मुलुकको सर्वाधिक प्रभावशाली संस्था तमु धिं युके। तमु धिं युकेले युकेमा रहेका तमु लगायत नेपालीहरुलाई संक्रमणबाट सुरक्षितका लागि विभिन्न जागरण र सहयोग गरिरहेको छ।
त्यसै तमु धिं युकेका विभिन्न क्षेत्रीय इकाईहरु मध्ये एक क्रियाशील साउथ इष्ट रिजनल तमु धि युके पनि जुटेको छ, अभियानमा। आज मात्रै होइन, महाभुकम्पको बेला धादिङको विद्यालय, लमजुङको समाज घर निर्माणमा लाखौ रुपैया सहयोग गरेको गर्बिलो संस्थाले आफ्नो क्षेत्रमा हुदै हो जन्मभुमिका लागि पनि सहयोगको हात फैलाएको छ साउथ इष्ट रिजनल तमु धिं युकेले।
 
कोरोनाको महामारी कहिलेसम्म कसैले बताउन सक्ने अवस्था छैन। राहत प्रदान गरे केही दिनमा सकिएला तर दीर्घकाल सुविधाका लागि सोंच जरुरी छ। त्यसैले विरामीको उपचार गर्ने, उपचारमा खटिने, संक्रमितलाई उपचार गर्नुपर्ने चिकित्सक, नर्स एव सहयोगीहरु सुरक्षित रहनुपर्दछ भनि साउथ इष्ट रिजनल तमु धिं युकेले आज फ्रन्टलाईनरमा रहने चिकित्सक, नर्स एव स्वास्थ्य सहयोगीको सुरक्षाका लागि सेनिटाइजर र मास्क सहयोग हस्तान्तरण गरेको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्य र डिन डा.नरेन्द्र विक्रम गुरुङलाई साउथ इष्ट रिजनल तमु धिं युकेका उपाध्यक्ष पार्वती गुरुङ, कार्यसमिति सदस्य धनज्योति गुरुङ, हरिकाशी गुरुङ, धर्मवती गुरुङ र धनु घलेले १ लाख बराबरको सेनिटाइजर र मास्क सहयोग हस्तान्तरण गर्नुभएको हो। साउथ इष्ट रिजनल तमु धिं युकेका उपाध्यक्ष पार्वती गुरुङ लगायत उपस्थित दिदिबहिनीहरु लकडाउनका कारण नेपालमै रहनु भएको हो।
 
राहत ग्रहण गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले कोरोनाले अत्यन्तै प्रभावित पारेको मुलुक युकेदेखि साउथ इष्ट रिजनल तमु धिंले चिकित्सक, स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि सामग्री उपलब्ध गराउनु भएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सहयोगदाता साउथ इष्ट रिजनल तमु धिंलाई धन्यवाद पत्र प्रदान गर्दै उहाँले भन्नुभयो,राज्यको तर्फबाट सुरक्षाका लागि आवाश्यक सम्पुर्ण सामग्री प्राप्त नभई रहेको अवस्थामा हाम्रा लागि विदेशमा रहेर चिन्ता गर्ने तमु धिं र यसका सदस्यहरुप्रति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सधै आभारी रहने छौं।
प्रतिष्ठानका डिन, वरिष्ठ सर्जन डा.नरेन्द्र बिक्रम गुरुङले य चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षाका लागि अधिक चाहिने स्वास्थ्य सामग्री प्रदान गरेर साउथ इष्ट रिजनल तमु धि युकेले ठुलो सहयोग गरेको बतउानुभयो।
राहत प्रदान गर्नुहुदै साउथ इष्ट रिजनल तमु धि युकेकी उपाध्यक्ष पार्वती गुरुङले संस्था स्थापना, संस्थाले गर्दै आएको गतिविधी, संस्थाका नेतृत्वको दुरदर्शी योजना, कार्यक्रमका बारेमा जानकारी दिनुहुदै महामारीको बेला
संक्रमितको उपचारमा जुट्ने चिकित्सक स्वास्थ्यकर्मी पुर्ण सुरक्षित रहनुपर्दछ भन्दै साउथ इष्ट रिजनल तमु धिंले सहयोग हस्तान्तरण मात्रै होइन सकरात्मक सन्देस पनि दिएका हौं भन्नुभयो।
लकडाउनका कारण नेपालमै रहनु भएकी सााउथ इष्ट रिजनल तमु धिं युकेका उपाध्यक्ष पार्वती गुरुङ, कार्यसमिति सदस्य धनज्योति गुरुङ, हरिकाशी गुरुङ, धर्मवती गुरुङ र धनु घलेले स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, नर्स र सहयोगीहरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गर्न पाउदा संक्रमणको बेला संस्थाले सामाजिक उत्तरदायित्व बहन गरेको महसुस भएको बताउनुभयो।
 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments