Homeसमाचार | NEWSनेपाल | NEPALसगरमाथा आरोही गोरखाकी नानू माया गुरुङलाई तमु प्ये ल्हु संघ पोखरामा बधाई...

सगरमाथा आरोही गोरखाकी नानू माया गुरुङलाई तमु प्ये ल्हु संघ पोखरामा बधाई सम्मान !

सगरमाथा आरोही गोरखाकी नानू माया गुरुङलाई तमु प्ये ल्हु संघ पोखरामा बधाई सम्मान !

१९ भदौ २०८०, पोखरा ।
सन २०१७ मे महिनामा संसारकै अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेकी गोरखा जिल्ला धार्चे गाउँपालिका वडा नम्बर ५ माछीखोला स्थायी ठेगाना भइ हाल काठमाडौं गंगबु बस्ने नानू माया कोने तमुलाई आज तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिले एक कार्यक्रमको आयोजना गरी बधाई सम्मान गरेको छ ।

त्यस लगत्तै सन २०१७ अक्टोबर महिनामा मनासलु हिमाल आरोहण गरेकी नानू माया कोने तमुले यसपालि पनि यहि सेप्टेम्बर महिनाको ११ तारिख पुनः मनासलु चड्ने र तमु प्ये ल्हु संघको झन्डा फहराउने उनको इच्छा रहेको बताउँछिन् ।

यसै सन्दर्भमा सगरमाथा आरोही नानू माया गुरुङलाई आज भदौ १९ गते तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिले एक कार्यक्रम बीच नगदसहित बधाई, सम्मान गरेको हो ।

यसै क्रममा तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमु, केन्द्रीय महिला समितिका अध्यक्ष बुद्धि माया लेम तमु, निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक पुष्पा तेंल्स्यो तमु, जिल्ला कार्यसमिति कास्कीका सहकोषाध्यक्ष हिम बहादुर गरब्ज तमु, द ओमन्स क्लब अफ पोखराका अध्यक्ष सारिका म्होब्जे तमु लगायत तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिका पदाधिकारीहरुले सगरमाथा आरोही नानू माया कोने तमुलाई हार्दिक बधाई तथा मनासलु हिमाल सफल आरोहणको शुभकामना दिंदै विदाई गरेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments