Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALसंखुवासभाका तमुको धर्मगुरु वोनलमलाई सम्मान तथा सम्रक्षणको लागि अक्षयकोषको स्थापना

संखुवासभाका तमुको धर्मगुरु वोनलमलाई सम्मान तथा सम्रक्षणको लागि अक्षयकोषको स्थापना

संखुवासभाका तमुको धर्मगुरु वोनलमलाई सम्मान तथा सम्रक्षणको लागि अक्षयकोषको स्थापना
२०७७, पौष २७, संखुवासभा । मणी तमु
नेपालको पूर्वी जिल्ला संखुवासभाका तमुको धर्मगुरु(खेगी) वोनलमलाई सम्मान तथा बोनलम सम्रक्षणको लागि तमु प्ये ल्हु संघ पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ । उक्त कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्तिसमेत वितरण गरिएको थियो ।

 

पौष २६, आइतबार चिचिला गाउँपालिका–१ पोखरीगाउँमा तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति संखुवासभाको आयोजनामा भर्खरै अभिभारा बोकेका नया वोनलमहरूलाई सम्मान गरिएको हो । करिब तीन महिना गुफा बसेर निस्किएका पाँचजना नयाँ वोनलम सहित लामो समयदेखि पुरोहित पेशालाई नै निरन्तरता दिदै आएका पाँच जना पूराना वोनलम र १ क्ल्हेप्री गरी ११ जनालाई सम्मान गरिएको छ ।

सताप्दी पुरुष १०२ वर्षीय दारी लामा मानवीर पैजो तमूद्वारा मला(आशिर्वाद) वाचन गरी कार्यक्रमको उद्घाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथी तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हित काजी तमुले पूर्वी जिल्ला संखुवासभामा समेत वोनलमहरुले तमुको आफ्नो संस्कार संरक्षण गरेर राखेको भन्दै दारी लामाको बंशज लाई धन्यवाद समेत दिनुभयो । त्यस्तै तमुले नयाँ अभिभारा लिएका लमहरुलाई बधाई दिदै आफ्ना खेगी पेशालाई शास्त्र अनुरुप ढुक्क भएर तमु प्ये ल्हु संघको नियम भित्र रहेर काम गर्न अनुरोध समेत गर्नुभयो ।

तमु प्ये ल्हु संघ केन्द्रका परम संरक्षक, जिल्ला समिति काठ्माण्डौका अध्यक्ष तथा पूर्व प्रहरी महानिरीक्षक(IGP) हेम बहादुर त्होर्जे तमुले तमु खेगी(गुरुङ पुरोहित गुरु)हरुको संरक्षणका लागि तमुले आफ्नो स्व. मातापिताको नाममा वि.स. २०७६ सालमा स्थापित दुई लाख एकाउन्न हजार रुपैयाँको ‘हर्क एवं वन सुब्बा स्मृति अक्षयकोष’ स्थापना गर्नुभएको थियो । सोही अक्षय कोषको ब्याज बापतको रकम एक लाख रुपैया तमुले संखुवासभाका वोनलम संरक्षणका लागि भन्दै तमु प्ये ल्हु संघ संखुवासभाका अध्यक्ष गोवर्द्धन गुरुङलाई हस्तान्तरण गरे ।

तमु प्ये ल्हु संघ केन्द्रका परम संरक्षक, जिल्ला समिति काठ्माण्डौका अध्यक्ष तथा पूर्व प्रहरी महानिरीक्षक(IGP) तमुले बोन लमहरू पछील्लो समयमा लोप हुँदै गएकाले संरक्षण गर्न आवश्यक रहेको बताए । आउने जनगणना २०७८ मा सबै तमुहरुलाई धर्मको महलमा अफ्नै जातीको पहिचान दिन मौलिक धर्म वोन धर्म र मातृभाषा तथा पुर्ख्यौली भाषामा गुरुङ भाषा लेख्न/ लेखाउन तमुले सुझाब दिनुभयो ।

कार्यक्रममा तमु प्ये ल्हु संघ नेपाल केन्द्रिय समितिबाट एक लाख, तमु प्ये ल्हु संघ युकेबाट तीन लाख र तमु प्ये ल्हु संघ हङकङबाट एक लाख गरी पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ । तमु प्ये ल्हु संघ ईजराईलका कार्यबाहक अध्यक्ष सबिता च्हम्रु तमुले पनि नया अभिभारा बोकेका वोनलमहरुको मनोवल उच्च गर्न र पूराना लमहरुको सम्मान स्वरुप जनही १/१ हजार गरी ११ हजार रुपैया प्रदान गर्नु भएको छ ।

चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले सबै जातजातिहरूको जातीय संस्कार, संस्कृतिहरूको संरक्षण गर्न चालिएको कदममा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । उनले गएको तमु जातिको ल्होसार पर्व मनाउन पालिकाले दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरेको बताउँदै सबै जातजातिको संरक्षण, संवर्द्धन र आवश्यकअनुसारका काम गर्न सदैव सहकार्य गर्ने बताए ।

कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा ताप्लेजुङ जिल्लाका एक जना र संखुवासभा जिल्लाका दुइ जना आठ कक्षा उतीर्ण भएका विपन्न तथा जेहेन्दार छात्रछात्राहरुलाई प्रतिष्ठानका वेबसाइट प्रबन्धक एवं कार्यसमितिका सदस्य मणी तमु, प्रमुख अतिथि हितकाजी तमु, विशेष अतिथि पूर्व प्रहरी महानिरीक्षक हेम बहादुर तमु र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाद्वारा छात्रवृत्ति वितरण गरिएको थियो । उक्त छात्रवृति विद्यार्थीहरुलाई प्रतिष्ठानले कक्षा ९, १०, ११ र १२ कक्षासम्म अध्यन गर्न लगातार चार वर्ष प्रदान गरिने छ |

कार्यक्रमको अन्त्यमा तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिका महासचिव पुर्णिमा कुब्छे तमु र संखुँवासभा जिल्ला समितिका सचिव ललित पैजो तमुको सहकार्यमा भक्ति घले गुरुङको अध्यक्षतामा १३ सदस्यीय तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति, संखुवासभा गठन गरिएको छ ।

Photo Gallery

{AG}tpls-sankhuwasabha-khegi-samman{/AG}

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments