Homeसमाचार | NEWSखेलकुद | SPORTSराष्ट्रिय साइकल दौड प्रतियोगिता पोखरामा समापन !!!

राष्ट्रिय साइकल दौड प्रतियोगिता पोखरामा समापन !!!

पोखरामा बुधबार भएको दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगितामा हिक्मत विक, लक्ष्मी मगर र नयन मानन्धर विजयी हुनुभएको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजनाले आयोजना गरिएको प्रतियोगितामा उहाँहरु फरक–फरक विधामा विजयी हुनुभएको हो । ४० वर्षमुनिको पुरुषतर्फ विक प्रथम हुनुभएको हो । जसमा सन्दिप सुन्दौली द्वितीय र सुमित गुरुङ तृतीय हुनुभएको छ । हिक्मतले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा १२ मिनेट, सन्दिपले ३ घण्टा २८ मिनेटमा ३४ सेकेण्ड र सुमितले ३ घण्टा ४८ मिनेटमा पार गरेको हो ।

४० वर्षमुनिको महिलातर्फ लक्ष्मी मगर प्रथम हुनुभएको छ भने, सुधा राई द्वितीय र सोफिया विश्वकर्मा तृतीय हुनुभएको छ । मगरले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा ३९ मिनेट ४९ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभएको थियो ।

यस विधामा तीन जनामात्रै प्रतिस्पर्धी महिलाहरु हुनुभएकोले एक राउण्ड पार गर्नुभएको सुधा र सोफियालाई द्वितीय र तृतीय घोषित गरिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुशार ४० वर्षमाथिको पुरुष विधामा नयन मानन्धर प्रथम, देवबहादुर बोहोरा द्वितीय र बाबुराम विश्वकर्मा तृतीय हुनुभएको छ । मानन्धरले ३ घण्टा ५१ मिनेट १६ सेकेण्ड, बोहोराले ४ घण्टा १ मिनेट २५ सेकेण्ड र विकले ५ घण्टा ८ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभएको थियो ।

प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलार्य १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । ४० वर्षमाथिको विधामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार पुरस्कार दिईको छ । ४० वर्षमुनिको विधामा सान्त्वना हुनुहुने सुमन विक र पाँचौ स्थान प्राप्त गर्नुहुने शिवप्रसाद थारुलाई ५÷५ हजार रुपैयाँ सान्त्वना पुरस्कार दिइएको छ ।

पोखरा–२१ कमेरेबाट सुरु भई सोही वडाको मट्टिखान, धुवारकोट, बाघखोर, भालुडाँडा हुँदै पुनः कमेरेमा आएर साइकल दौड प्रतियोगिता समापन गरिएको हो । उक्त स्थानका बाटो प्रतियोगीहरुले दोहोरो पार गरिएको थियो । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता गरिएको हो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments