क्लाइमेक्स आर्ट्स प्रोडक्सन प्रा. लि. को ब्यानरमा निर्माण भएको गुरुङ संस्कार संस्कृतिमा आधारित बिसुद्द गुरुङ भाषाको चलचित्र मारक्यु (सुनपानी)हङकङमा २७ आक्टुबरमा प्रदर्शन हुने भएको छ |
सोहि चलचित्र प्रदर्शनीमा यसै चलचित्रका निर्माता एंव प्रोडक्सन म्यनेजर चन्द्रा बहादुर गुरुङ कलाकार हरु खुशि माया गुरुङ, रोश्नि गुरुङ, कमल बहादुर गुरुङ र गज बहादुर गुरुङ्(रबिन) चलचित्र लिएर हङकङ जाने भएका छन |
मुस्लिम देश कुवेतमा समेत तमु प्ये ल्हु संघ कुवेतको आयोजनामा गुरुङ चलचित्र कै पहिलो प्रदर्शन भएको तमु प्ये ल्हु संघ कुवेतका अध्यक्ष उमा गुरुङ ले बताउनु भएको छन भने मारक्यु नेपालको काठमाडौं, लम्जुङ, खैरेनीमा प्रदर्शन भई सकेको छ |

गुरुङ संस्कारमा बनेको मारक्यु जसले गुरुङ समाज भित्र रहेको संस्कारलाइ बोकेको र चलचित्रले सुनपानी हाम्रो संकारमा के कस्तो कति महत्व छ भन्ने बारेमा निर्माण गरेको निर्माण पक्ष को भनाइ छ । कारुणिक मय प्रेम कथा बस्तुमा समेट्दै दिदि भाइ बिचको सम्बन्धलाइ समाजमा चित्रण गराउदै कहिले हसाउने कहिले रुवाउदै जिवनको उकालि ओरालि बगेको एउटा पारिवारिक चलचित्र हो भनेर नायक कमल गुरुङ भन्नु हुन्छ ।
यसै चलचित्रकि नायिका तथा सह निर्देशक खुशि गुरुङका भनाइ अनुसार चलचित्र सन्देश मुलक हुनुका साथै आफुले यस चलचित्रमा एउटा जिम्मेवारि दिदिले निभाउनु पर्ने कर्तव्य बाट आफ्नो जिवनको बाजि राखेर भाइको उज्वल भविष्यको लागि आफ्नो जिवनका सारा खुसिहरु मारेको कथामा आफुले सकेको न्याय दिने कोशिश गरेको र आफुले यस चलचित्रमा एउटा कथा सार गीतमा पनि स्वार दिएको बताउनु भयो।निर्माता चन्द्र बहादुर गुरुङ भन्नु हुन्छ गुरुङ संस्कार संस्कृति , भेस भुषा, र भाषा लाइ संरक्षण र प्रवर्द्द्नमा यस चलचित्रले ठुलो भुमिका खेल्ने पनि दाबी गर्नु भएको छ ।
आर्थिकको मात्रा फाइदा होला भनेर हामिले चलचित्र निर्माणमा लागेको होइनौ, हाम्रो भाषा संस्कार संस्कृति भाषा भेश भुसा जोगियोस भनेर लागेको हौ भनेर निर्माता हरुले बताउनु भयो चन्द्र बहादुर गुरुङ, नवराज घले , सुर्य घले , नन्द बहादुर गुरुङ, कालु गुरुङ, संग्राम गुरुङ, राकेश गुरुङ, दबिराम गुरुङ, केश गुरुङ लगायत को संयुक्त लगानी रहेको मारक्यु चलचित्र पुर्बि लमजुङ को दोर्दि गाउपालिका ५ छैलुङ र वाक्सोरामा छायांकन गरिएको छ |
यस चलचित्रमा दिनेश गुरुङले निर्देशन गर्नु भएको हो भने वहाँ ले यसै चलचित्र बाट डेब्यु गर्नु भएको छ। लेखक निर्देशक सुबास गुरुङ (गणेश) को कथा पटकथा संवाद लेखन रहेको चलचित्र मा मुख्य भुमिका खुशि गुरुङ, कमल गुरुङ, रोश्नि गुरुङ, संग्राम गुरुङ गज बहादुर गुरुङ, लगायत कलाकारहरुले अभिनय गरेका छन भने सुशान्त प्रजापति छायांकन , उज्वल ढकाल सम्पादन , पार्स्व संगित धन बहादुर गुरुङ, सैलेश श्रेष्ठ , कलर सन्तोष मालाकार, साउन्ड डिजाइनर मिक्सिङ अमृत श्रेष्ठ , संगित रामकुमार गुरुङ(Rk) , सुर्य घले, रचनाकार सुबास गुरुङ, गायक गायिका राम कुमार गुरुङ, जुना गुरुङ, खुशि गुरुङ , मेक अप बिक्रम थापा , नित्य निर्देशक भरति घले ले गर्नु भएको छ ||
