Homeसमाचार | NEWSप्रबास | NRNभर्चुअल मार्फत तमु समाज युएईले २५६५ औं बुद्ध जयन्ती मनायो ।

भर्चुअल मार्फत तमु समाज युएईले २५६५ औं बुद्ध जयन्ती मनायो ।

भर्चुअल मार्फत तमु समाज युएईले २५६५ औं बुद्ध जयन्ती मनायो ।

तमु समाज यूएईले बिश्वब्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट कोभिड-१९ को महामारी बाट श्रृजित बिषम परिस्थितिमा कोभिड-१९ रोकथामका लागि स्थानीय सरकारले जारी गरेको निर्देशिकाहरुको पूर्ण रूपमा पालना गर्दै तमु समाज युएईका अध्यक्ष उषा गुरुङको अध्यक्षतामा भर्चुअल मार्फत २५६५ औं बुद्ध जयन्ती मनाएको छ।

कार्यक्रममा तमु समाज युएईका संरक्षक राजु गुरुङ,भुपु संरक्षक यम गुरुङ,प्रमुख सल्लाहकार डेरराज गुरुङ,सल्लाहकार तारा गुरुङ,उपाध्यक्ष नन्दजंग गुरुङ,महासचिव पबित्रा गुरुङ,सचिव इन्द्र गुरुङ, कोषाध्यक्ष बल बहादुर गुरुङ,सांस्कृतिक बिभाग प्रमुख अमृत गुरुङ,दुबई क्षेत्रीय समितिका अध्यक्ष राजु गुरुङ,अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष नन्द बहादुर गुरुङ,उपाध्यक्ष प्रवीण गुरुङ,सह-कोषाध्यक्ष प्रभात गुरुङ,दुबई क्षेत्रीय समितिका खेलकुद प्रमुख यम गुरुङ लगायत केन्द्रिय कार्यसमितिका पदाधिकारी,क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु,सक्रिय सदस्यहरु,मानार्थ सदस्यहरु,बुद्धिजीवी महानुभाव र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

भर्चुअल कार्यक्रम तमु समाज युएईका केन्द्रिय सचिव इन्द्र गुरुङले संचालन गरेका थिए भने अध्यक्ष उषा गुरुङको निवासमा बुद्धको तस्बिरमा पुजाअजा गरि बुद्ध जयन्ती मनाएको थियो।

उक्त भर्चुअल कार्यक्रम मार्फत तमु समाज युएईले आउदो २० जुलाई २०२१ मा १२ औं महाधिवेशन गर्ने निर्णय गरेको छ। निर्वाचन समितिको संयोजकमा तमु समाज युएईका संरक्षक राजु गुरुङ लाई तोकेको छ भने सदस्यहरुमा तमु समाज युएईका प्रमुख सल्लाहकार डेरराज गुरुङ र प्रबक्ता मानु कोन्मे तमु रहेको छ।

त्यसैगरी तमु समाज युएईका प्रवक्ता मानु कोन्मे तमु युएई लाई बिट मारी हाल मातृभुमी नेपालमा रहेको हुँदा तमु समाज युएईको नेपाल प्रतिनिधिको रुपमा चयन गरेको तमु समाज युएईका सचिव इन्द्र गुरुङले बताएका छ्न।
भर्चुअल कार्यक्रम तमु समाज युएईका अध्यक्ष उषा गुरुङले समापन गरेका थिए।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments