Google search engine
Homeसमाचार | NEWSविश्व | WORLDबेलायतको लकडाउन ७ मे सम्म लम्बियो

बेलायतको लकडाउन ७ मे सम्म लम्बियो

एटा संवाददाता ।
लण्डन । बेलायत सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण गत २४ मार्च मंगलबार देखि गर्दै आएको लकडाउनलाई आउने मे महिनाको ७ तारिकसम्म लम्व्याउने निर्णय गरेको छ ।

गत बिहिबार प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ्ग स्ट्रीटमा आयोजित नियमित कोरोना अपडेट पत्रकार सम्मेलनमा फस्ट सेक्रेटरी डोमिनिक राबले जानकारी दिएका हुन् । संक्रमितको संख्यामा कमि नआएकोले पनि लकडाउनलाई खुकुलो बनाउने सेक्रेटरी रबको भनाई थियो । साथै, उनले मृत्युदरमा कमि, बिरामीलाई धन्ने अवस्थामा अस्पताल पुगेमा, भाइरसलाई व्यवस्थापन गर्न सकिएको अवस्थमा मात्र लकडाउन खोल्न सकिने बताए ।

पछिल्लो रेकर्ड अनुसार बेलायतमा कोरोना भाइरसबाट करीब १३ हजार जनाको ज्यान गइसकेको छ भने करीब एकलाखजना संक्रमित भएका छन् । बेलायतमा अहिले दैनिक २५ हजारजनाको परिक्षण गर्ने क्षमतामा वृद्धिको भएछ भने अस्पतालको संख्या समेत बढाउदै आएको छ । बेलायतको नेश्नल हेल्थ सर्भिसेस् निकै स्तरीय मानिएको भएता पनि अस्पताल पुगेका बिरामीहरु निको हुनेको संख्या भने त्यति बढ्न नसकेको मृत्युदरले बताएको छ । पर्सनल प्रोटेक्टीभ इक्युप्मेन्टको अभाव समेत खेपिरहेको बेलायतले डाक्टर लगायत स्वस्थकर्मीहरुको समेत ज्यान गएको छ । यस्तै, कियर होम, नर्सिङ्ग होम र घरमै पनि कोरोनाबाट निधन भएको छ ।

त्यस्तै, विश्वका विभिन्न देशमा रहेको नेपालीहरुको समेत कोरोना भाइरसका कारण निधन भएको छ भने बेलायतमा समेत नेपालीहरुको निधन भएको छ । विश्वभर महामारीको रुपमा देखिएको कोरोना भाइरसको औषधी उपचार पत्ता लगाउन वैज्ञानिकहरु दिनरात खटिरहेको भएता पनि अझै समाधानको उपाय निकाल्न सफल भएका छैनन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments