Homeसमाचार | NEWSनेपाल | NEPALफोनिज चितवनका सचिव तुलमान गुरुङ सहित ७ जना पत्रकार पुरस्कृत

फोनिज चितवनका सचिव तुलमान गुरुङ सहित ७ जना पत्रकार पुरस्कृत

फोनिज चितवनका सचिव तुलमान गुरुङ सहित ७ जना पत्रकार पुरस्कृत

भरतपुर, २५ पुस । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) चितवनका सचिव एंव चितवन पोष्ट दैनिकका पत्रकार तुलमान गुरुङसहित सात जना पत्रकार पुरस्कृत भएका छन्। तमू (गुरुङ) सञ्चारकर्मी संघ केन्द्रीय समितिले शनिबार काठमाडौमा पुरस्कृत गरेको हो।

 पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट आईलाइट्स टुरिजमका क्रियटिभ डाइरेक्टर अनिता गुरुङ र रेडियो नेपालका कार्यक्रम उत्पादक अमरध्वज लामा (जनही २०/२० हजार), सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कारबाट इन्डिजिनियस टेलिभिजनका अनिता गुरुङ र नागरिक खबरका केशव गुरुङ (जनही पाँछ/पाँच हजार)बाट पुरस्कृत भएका हुन्। आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो अन्नपूर्णका दील गुरुङ (दस हजार), लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट चितवन पोष्ट दैनिकका तुलमान गुरुङ (दस हजार),सिआई टेकबहादुर गुरुङ तथा श्रीमती रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट नयाँपत्रिका गोरखा संवाददाता केशव गुरुङ (पाँच हजार) र तमू ल्होसार मूल आयोजक समिति तमू पत्रकारिता पुरस्कारबाट नयाँपत्रिका दैनिकका सिनियर उपसम्पादक दीपेन्द्र गुरुङलाई (दस हजार) प्रदान गरिएको हो। received_155449983013283.jpegनेपाल सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधी मन्त्री पार्वत गुरुङको हातबाट पुरस्कार प्रदान गरिएको हो। हरेक वर्ष ल्होसारको अवसरमा प्रदान गर्दै आएको पुरस्कार यसवर्ष कोरोनाका कारण केही समय पछाडि धकेलिएको तमू सञ्चारकर्मी संघ नेपालका अध्यक्ष रविन गुरुङले जानकारी दिए। सोही अवसरमा संघले प्रकाशन गर्दै आएको वर्ष पुस्तक गुरुङ न्युज डटकमसमेत लोकार्पण गरिएको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments