Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALप्रेश विज्ञप्ती - मुख्यमन्त्रीको निजी सचिवालय

प्रेश विज्ञप्ती – मुख्यमन्त्रीको निजी सचिवालय

प्रेश विज्ञप्ती

गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूलाई जोडेर सामाजिक सञ्जाल एवं विभिन्न संचार माध्यमहरुमा सार्वजनिक भिडियो, फोटा र समाचारहरुप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

फागुन २ गते माननीय मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन माननीय मुख्यमन्त्रीज्यूको जन्म दिन समेत रहेकोले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो।सो क्रममा खिचिएका भिडियो र फोटाहरुलाई मुख्यमन्त्रीज्यूको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ।

गुरुङ जातिको संस्कार अनुसारको पारिवारीक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहान्छौ। तसर्थ यस विषयमा कुनै भ्रममा नपर्नको लागि हामी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह गर्दछौं।

 

………………

डिल्लीराम सिग्देल

निजी सचिवालय

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments