Homeसमाचार | NEWSनेपाल | NEPALपोखरीमा डुबेकी छोरीलाई बचाउन गएकी बिन्द्र गुरुङको पनि मृत्यु…

पोखरीमा डुबेकी छोरीलाई बचाउन गएकी बिन्द्र गुरुङको पनि मृत्यु…

स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६  कि,  ३३ वर्षीया बिन्द्र गुरुङ र उनकी चार वर्षीय छोरी सोफियाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा आमा बिन्द्र पनि डुबेकी थिइन् ।

उद्धार गरी उनीहरूलाई वालिङस्थित अस्पताल लगिएको थियो।  चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments