Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपोखरा महानगर प्रमुख जिसिबाट पोखरा वहुमुखी क्याम्पस भवनको शिलान्यास , संचालक समितिका...

पोखरा महानगर प्रमुख जिसिबाट पोखरा वहुमुखी क्याम्पस भवनको शिलान्यास , संचालक समितिका अध्यक्ष लालचनबाट ५० लाख सहयोग

पोखरा महानगर प्रमुख जिसिबाट पोखरा वहुमुखी क्याम्पस भवनको शिलान्यास , संचालक समितिका अध्यक्ष लालचनबाट ५० लाख सहयोग

पोखरा महानगर प्रमुख मान बहादुर जिसिले बुधबार पोखरा वहुमुखी क्याम्पसको नवनिर्मित भवनको शिलान्यास गर्नुभएको छ ।

भवन शिलान्यास कार्यक्रममा प्रमुख जिसिले क्याम्पसको भवन बनाउन अन्त ठाउँ पाउदा पनि शान्तिवन पोखराको कोरसिटि भएको कारणले यसै ठाउँमा भवनको निम्ति प्रयत्न गरिएको बताउनुभयो । जिसिले कार्यपालिका , क्याम्पस परिवार , नगर विकास समिति , वडा , वडाबासी लगायत सबैको पहलबाट शहरी विकासबाट स्वीकृत प्राप्त गर्न सफल भएको बताउनुहुदै प्रतिस्पर्धाको समयमा निर्वाहमुखी हुन नहुनेमा समेत जोडदिनुभयो ।

पोखरा – ९ शान्तिवनमा ३६ वटा कोठा सहितको २१ हजार वर्ग फिटमा बन्न लागेको क्याम्पसको भवन अनुमानित लागत ६ करोड ५० लाख लाग्ने क्याम्पस श्रोतले जनाएको छ । उक्त भवन निर्माणका लागि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नरेन्द्रमान लालचनले ५० लाख सहयोग गर्ने बताउनुभयो । कर्मचारी अन्तिम पौडेलबाट ५५ हजार ५ सय ५५ , क्याप्टेन पृथ्वी बहादुर गुरुङबाट १ लाख ५ , समाजसेवी प्रकाश पहारीबाट ५० हजार , र विश्व रत्न शाक्यकी धर्मपत्नी बुलु शाक्यले आफ्नो ४७ वर्षको जन्मोत्सवको उपलक्ष्यमा ४७ हजार रुपैया सहयोग गर्ने जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पोखराकै सबैभन्दा पुरानो पोखरा बहुमुखी क्याम्पस २०४४ सालमा पुरानो टुडिखेलमा स्थापना भएको र हाल नयाँबजारमा अवस्थित महेन्द्र स्कुलबाट संचालित क्याम्पसमा बिए र बिबिएसका कक्षाहरु संचालित छन् ।

कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षता , व्यवस्थापन समिति सल्लाहकार शंकर देवकोटाको स्वागत र क्याम्पस प्रमुख शिशुकला पराजुली पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments