Homeसमाचार | NEWSप्रबास | NRNपुरन गुरुङ र शान्ति गुरुङको “पूर्णिमाको जून” सार्बजनिक

पुरन गुरुङ र शान्ति गुरुङको “पूर्णिमाको जून” सार्बजनिक

पुरन गुरुङ र शान्ति गुरुङको “पूर्णिमाको जून” सार्बजनिक

सउल कोरिया । २१ नोभेम्बर २०२० नेपाली लोक तथा दोहोरी गीत र संगीतको क्षेत्रमा एक उदयीमान गायक तथा सर्जक पुरन गुरुङ र शान्ति गुरुङले गुरुङ भाषाको गीत पूर्णेर्बे लैं “पूर्णिमाको जून” सार्बजनिक भएकाे छ ।

गुरुङ संस्कृतिमा बसिने रोधींमा सुख दुःखको साटासाट, माया प्रेमका भावहरु यस गीतमा समेटिएको छ । समय र आधुनिकताले कोल्टो फेर्दै गर्दा लोपन्मुख रोधींको महत्वसँगै यसको संरक्षण र जगेर्ना गर्नुपर्छ भन्ने सुखद सन्देश गीत मार्फत दिन खोजिएको छ । पुरन गुरुङकै शब्द/संगीतमा रहेको यस गीतमा पुरन गुरुङ र शान्ति गुरुङको सुमधुर आवाजले सजिएको छ । सन्तोष कोन्मेको सम्पादन, क्यामेरामा दावा नोर्बु शेर्पा र दिराग थापा मगर रहेका छन् भने ऐरेन्जर र मिक्सिङको जिम्मा जुजु गुरुङले सम्हालेका छन् । 

गीतको मिठो लय/शब्द र सुमधुर आवाजसँगै संगीतले रोधींको झझल्को दिएको छ । पुरन गुरुङले पहिलो सांगीतिक कोसेली स्वरुप “बोली फुटेन” बजारमा ल्याएका थिए त्यसपछि केही महिना अघि मात्र रिलिज भएको गुरुङ गीत “ए ङोल्स्यो मारा” अत्याधिक रुचाईएको गीत हो भने यसभन्दा अघि परदेशी छोरी, मौलिक सालैजो पर्ख नानी लगायतका गीतमा स्वर दिएकी शान्ति गुरुङले श्रोतामाझ लोकप्रियताको छाप छोडिसकेकी छिन् । निकट भविष्यमा अझ उत्कृष्ट म्यूजिक भिडियो तयार गरिने निर्माण पक्षले जनाएको छ ।

यो गीत पूर्णेर्बे लैं “पूर्णिमाको जून” Konme Entertainment नामक यूट्यूब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा उपलब्ध छ । कोन्मे इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति रहेको यस गुरुङ दोहोरी गीतलाई नेपाली भाषामा समेत अनुवाद (सब्टाइटल) राखिएको अर्को आकर्षक पक्ष हो । कोरियाको सउल स्थित दर्शन नमस्ते रेष्टुरेण्टमा तमू धीं दक्षिण कोरियाका संरक्षक भिम गुरुङ (पर्वत)को प्रमुख आतिथ्यतामा उक्त गीतको विमोचन र लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

[भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।]

 

Facebook Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments