पत्रकार पाठक र अधिकारी नगद सहित सम्मानित
३ जेठ, २०८२
कास्की । पत्रकार केशव पाठक र दुर्गा अधिकारीलाई “गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार”बाट सम्मानित गरिएको छ । पत्रकार महासंघ कास्कीको आयोजनामा सम्पन्न समारोहमा उनीहरूलाई सम्मानपत्र, म्याद पुरस्कार र नगद २५ हजार एक रुपैयाँ प्रदान गरिएको हो । पाठक २०८१ को र अधिकारी २०८२ को पुरस्कारबाट सम्मानित भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका डिल्लीराज भट्टले पत्रकारिताको सामाजिक जिम्मेवारी राख्दै सत्य अनुसन्धान र निष्पक्ष सूचना प्रवाह गर्नु नै पत्रकारिताको मूल उद्देश्य हो भने । उनले पत्रकारहरूले दबाब र अभावबाट प्रभावित नभई ईमान्दारीपूर्वक कार्य गर्नुपर्छ भन्ने बताए ।

साथै, उनले नेपाली मिडियाले राष्ट्र निर्माणमा सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए । डिजिटल युगमा पत्रकारिताको विश्वसनीयता कायम गर्न प्रविधिको सदुपयोग गर्न आह्वान गरे ।
पुरस्कृत पत्रकार पाठक र अधिकारीले यो सम्मानले उनीहरूको जिम्मेवारी बढेको बताए । कार्यक्रममा पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्कीका अध्यक्ष माधव बराल, सचिव भुपाल गुरुङ, प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा लगायत उपस्थित थिए ।
