Homeसमाचार | NEWSस्वास्थ्य | HEALTHनेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण : संक्रमितको संख्या १,५६७ पुग्यो

नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण : संक्रमितको संख्या १,५६७ पुग्यो

काठमाडौं । विभिन्न जिल्लामा कोरोना भाइरसका १६६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

नयाँ संक्रमितमा स्याङ्जाका २, तनहुँका १, पर्साका ५, कालिकोटका १८, दैलेखका १८, बाजुराका ३, सल्यानका २५, सुर्खेतका १, कपिलबस्तुका ५, बाँकेका ८, सप्तरीका १२, कैलालीका ३, झापाका ४, मोरङका १, धनुषाका २१, रौतहटका २९ र सर्लाहीका १० जना रहेका छन् ।

प्रवक्ता देवकोटाले दैलेख र बाजुरामा दुईजनाले कोरोना भाइरसबाट ज्यान गुमाएको जानकारी दिए । उनका अनुसार काठमाडौं, गुल्मी र डडेलधुरामा मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण रिपोर्ट आउन बाँकी नै रहेको छ ।

अहिलेसम्म संक्रमितमध्ये २ सय २० जना उपचारपछि घर फर्किएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments