Homeसमाचार | NEWSनेपाल | NEPALनर बहादुर गुरुङ स्मृति अक्षयकोषबाट महेन्द्र शिखरी माध्यमिक विद्यालयमा छात्रवृत्ति प्रदान

नर बहादुर गुरुङ स्मृति अक्षयकोषबाट महेन्द्र शिखरी माध्यमिक विद्यालयमा छात्रवृत्ति प्रदान

नर बहादुर गुरुङ स्मृति अक्षयकोषबाट महेन्द्र शिखरी माध्यमिक विद्यालयमा छात्रवृत्ति प्रदान

२०८० असार १० आइतबार 25th June, 2023 पर्वत ।

स्वर्गीय नर बहादुर गुरुङकाे वार्षिक तीथिमा नर बहादुर स्मृति अक्षयकोषबाट छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

हिवार मोदी ५ बाजुङ स्थित श्री महेन्द्र शिखरी माध्यमिक विद्यालयमा उक्त छात्रवृत्ति वितरण गरिएको हो । अतिथि मोदि गाउँ पालिका ५ का का. वा. वडाध्यक्ष राजेश शाही, संरक्षककाे तर्फदेखि प्रतिनिधि मन बहादुर गुरुङ्, जनप्रतिनिधि, अभिभावक , अभिभावक शिक्षक संघका पदाधिकारी, शिक्षक, विद्यार्थीको उल्लेख्य उपस्थितिमा कार्यक्रम भएको थियो ।

 

स्वर्गीय नर बहादुर गुरुङकाे वार्षिक तीथिमा नर बहादुर स्मृति अक्षयकोषबाट जेहेन्दार विद्यार्थीलाई रु २ हजार र गरिब तथा जेहेन्दारलाई रु १ हजारका दरले २१ जनालाई प्रमाणपत्र सहित नगद वितरण गरिएको थियो । कार्यक्रममा स्वर्गीय नर बहादुर गुरुङकाे सामाजिक याेगदानकाे चर्चा सहित तस्विरमा माल्यार्पण गरि श्रद्धाञ्जलि अर्णण गरिएको थियो । विद्यार्थीले आफ्ना बाबाको स्मृतिमा अक्षयकोष मार्फत् यस्ताे पवित्र कार्यकाे थालनी गरिदिनु भएकोमा समाजसेवी तथा मिलन ग्रुप अफ नेपालका संरक्षक दुर्गा गुरुङ् मिलनलाई स्मरण सहित सामुहिक धन्यवाद ज्ञापन गरेका थिए ।

साथै साे कार्यक्रमकाेअवसर पारी विद्यालयले शैक्षिक सत्र २०७९ साल वार्षिक परीक्षाको शैक्षिक पुरस्कार पनि वितरण गरेको थियो । नर बहादुर स्मृति अक्षयकोष अन्तर्गत प्रत्येक वर्ष विद्यार्थीहरुलाई प्रदान गरिदै आएको छात्रवृत्ति शैक्षिक शत्र २०८० को लागि विद्यार्थी छनौट गर्न प्रअ याम पाैडेलको अध्यक्षतामा सम्पूर्ण स्टाफहरुको वैठक बसी छनौट गरिएको थियो ।

अभिभावक शिक्षक संध अध्यक्ष वीर वहादुर किसानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रअ याम पाैडेलले र सञ्चालन लक्ष्मण शर्माले गर्नुभएको थियो

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments