Homeसमाचार | NEWSनेपाल | NEPAL'धुँवारकोट धन्सारे योज ट्रष्ट'को भव्य समुद्घाटन तथा हस्तान्तरण; संरक्षणका लागि अक्षयकोष स्थापना

‘धुँवारकोट धन्सारे योज ट्रष्ट’को भव्य समुद्घाटन तथा हस्तान्तरण; संरक्षणका लागि अक्षयकोष स्थापना

खिलाङ्ग, मंसिर १९ गते । धुँवारकोट धन्सारे योज तमु परिवारहरूले आफ्नो पुर्खौली थलो (न्हेजा) ख्योंलों योज ट्होँ खिलाङ गाउँको अनुसन्धान कार्यक्रममा समाविष्ट इतिहास तथा ऐतिहासिक धरोहर एवम् सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवर्द्धनका लागि धुंवारकोट धन्सारे योजतमु परिवारले विगतदेखि नै आफ्नो पहलकदमीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

यसै सिलसिलामा ख्योंलों योज ट्होँ पुर्खौली थलो (न्हेजा) संरक्षण र संवर्द्धन कार्य अन्तर्गत कास्की जिल्ला मादी १, खिलाङ गाउँको भौगोलिक आवस्थालाई दृष्टिगत गरी खिलाङ गाउँका स्थानीय जनताको आवश्यकतालाई मनन गरी “धुंवारकोट धन्सारे योज ट्रष्ट” निर्माण गरिएको हो । उक्त गाउँमा निर्मित ट्रष्ट शुक्रबार एक कार्यक्रमका बिच समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम गरिएको छ ।

नवनिर्मित पक्की ट्रष्टको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि खिलाङ तमु(गुरुङ) समाज पोखराका अध्यक्ष होम बहादुर गुरुङ र कार्यक्रमका सभाध्यक्ष प्रसाद योज तमुले संयुक्त रूपमा गर्नुभयो।

धुंवारकोट धन्सारे योज तमु परिवारको आर्थिक सहयोग र मादी–१ का स्थानीय जनसमुदायको सक्रियतामा निर्माण सम्पन्न भएको उक्त ट्रष्ट स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ। मर्मत सम्भार र रङरोगन सहित पूर्ण रूपमा तयार भएको उक्त संरचना निर्माण समिति, पुजारी, खिलाङ आमा समूह र युवा समूहलाई जिम्मा लगाइएको कार्यक्रम सञ्चालक एवं तमु प्ये ल्हु संघ हङकङका पूर्व अध्यक्ष एवं सल्लहाकार जितेन्द्र योज तमुले जानकारी दिनुभयो।

ट्रष्टको भविष्यमा हुने मर्मत सम्भार र संरक्षणलाई सुनिश्चित गर्न धुंवारकोट धन्सारे योज तमु परिवारले १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ। परिवारका उपाध्यक्ष सुबेदार मेजर ह.ले. लेख बहादुर योज तमुले उक्त कोषको घोषणा गर्दै संरचनाको दिगोपनमा जोड दिनुभयो।

कार्यक्रममा सांस्कृतिक संयोजक रोशन ङप्छे तमुको संयोजनमा स्थानीय युवा समूह, अतिथिहरू र आयोजक परिवारका सदस्यहरूले एकल तथा सामूहिक नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए।

उक्त कार्यक्रममा नेपाल योज ह्युलाका सदस्य, धुंवारकोट गांऊका बरिष्ठ ब्यक्तिहरु, तमु प्ये ल्हु संघ केन्द्र, गण्डकी, कास्कीका सदस्यहरु, तमु प्ये ल्हु संघ गण्डकी प्रदेशका कोषाध्यक्ष तथा नेपाल आदिवासी जनजाती पत्रकार महासंघका अनुशासन समिति गण्डकी प्रदेशका सदस्य बरिष्ठ फोटोपत्रकार मणिलाल सरब्जा गुरुङ, धुंवारकोट धन्सारे योज तमु परिवारहरू, विभिन्न संघ संस्थाका पदाधिकारी र सदस्यहरु र निर्माण समिति पदाधिकारी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा स्वागत मन्तब्य निर्माण कार्य समिति र परिवारका उपाध्यक्ष श्री सुबेदार मेजर ह.ले. लेख बहादुर योजतमु ले दिएका थिए भने मादी गा.पा. वडा नं.१ का वडा सदस्य, स्कुल ब्यबस्थापन समिति एवं ख्योंलों थान्को देवी-देवता थानको अक्षयकोषका अध्यक्ष प्रेम बहादुर गुरुङ, श्री स्थानपति आ.भू. विद्यालयका प्रधानध्यापक यम बहादुर गुरुङ, खिलाङ बोनमार्गी तमु समाजका अध्यक्ष धनप्रसाद गुरुङ, खिलाङ आमा(महिला)समुहका अध्यक्ष दिलमाया प्हच्यु गुरुङ, पर्बत, भोक्सिंग देउरालीका १४ घरे योज तमु परिवार तथा नेपाल योज तमु ह्युलाका सल्लाहकार कैप्टन गंगा योज गुरुङ, तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष निम प्हच्यु गुरुङ, नेपाल योज ह्युलाका उपाध्यक्ष दुर्गालक्ष्मी गुरुङ, योज चेली श्री टिचन योज गुरुङ, खिलाङ तमु समाज पोखरा ११ का सचिव, रोशन ङप्छे गुरुङ र गुरुङ(तमु) संस्कार र संस्कृतिका अनुसन्धान सोधकर्ता रोशन ल्हेंगे गुरुङ लगाएतले मन्तब्य दिएका थिए ।

अन्त्यमा, धुंवारकोट धन्सारे योज तमु परिवारका अध्यक्ष एवं कार्यक्रम सभापति प्रसाद योज तमुले खिलाङ गाउँवासी, आमन्त्रित अतिथिहरू तथा परिवारका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पुर्ख्यौली थलो खिलाङ गाउँको विकासमा सहयोग जारी राख्ने र गाउँसँगको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरी कार्यक्रम समापन गरेका थिए।

फोटो एल्बम : 

सम्पूर्ण फोटो हेर्न यो लिंकमा जानुहोस् –>> ‘धुँवारकोट धन्सारे योज ट्रष्ट’को भव्य समुद्घाटन तथा हस्तान्तरण; संरक्षणका लागि अक्षयकोष स्थापना 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments