Homeसमाचार | NEWSनेपाल | NEPALदुइदिने नेतृत्व विकास तालिम समापन

दुइदिने नेतृत्व विकास तालिम समापन

दलित महिला संघ (फेडो)को समन्वय तथा सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा दलित महिलाहरुका लागि दुइदिने नेतृत्व विकास तालिम समापन भएको छ । नेतृत्व विकास, क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि शिक्षा, संस्कृति विज्ञान, प्रविधि तथा सामाजिक मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलले तालिममा सिकेका कुरालाई व्यवाहारीक रुपमा कार्यन्वय गर्नुपर्नेमा जोड दिनुभयो।

कतै जातिय विविभेद भएमा तत्कालै आवाज बुलन्द गर्नका लागि आग्र गर्नुभयो । सामाजिक विकास कार्यालयका प्रमुख इन्द्र प्रसाद थापाले आगामी दिनमा पनि फेडोसंग समन्वय गरी विभिन्न खालका कार्यक्रमको आयोजना गर्ने बताउनुभयो । तालिममा प्रशिक्षक, अधिवक्ता कुञ्जनी परियारले प्रशिक्षण दिनुभएको थियो भने, कार्यक्रमको उद्धेश्यबारे फेडो कास्की परियोजनाका जिल्ला संयोजक इश्वरी विकले प्रकाश पार्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments