Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय अध्यक्षमा चितवनका कर्ण बहादुर...

तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय अध्यक्षमा चितवनका कर्ण बहादुर तमू निर्वाचित

तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय अध्यक्षमा चितवनका कर्ण बहादुर तमू निर्वाचित

चितवन । २९, चैत्र २०७८ ।
तमु ह्युल धोँज धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय अध्यक्षमा चितवनका कर्णबहादुर तमू निर्वाचित भएको छ । चितवनमा आज सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट परिषद्को केन्द्रीय अध्यक्षमा चितवनका तमू अध्यक्षमा निर्वाचित भएको हो।

चितवनको भरतपुर–१९ का वडाध्यक्ष समेत रहेका तमूको अध्यक्षतामा महाधिवेशनले ६७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसमध्ये ५ जना मनोनित भएकाहरु छन्।

यस्तै महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा काठ्माण्डौका आरवि तमू, उपाध्यक्षहरुमा स्याङजाका यमबहादुर तमू, ओखलढुङगाका टेकबहादुर तमू, गोर्खाका नरबहादुर तमू, तनहुँका धनमान तमू, लमजुङका मेनबहादुर घले, खोटाङका लक्ष्मण तमू, महिला उपाध्यक्षमा गोर्खाका भगवती तमू निर्वाचित गरेको छ।

महासचिवमा सुनसरीका डम्बरबहादुर तमू, सहमहासचिवमा कास्कीका मनोज तमू, उपमहासचिवहरुमा गोर्खाका राजु तमू र दिल तमू, सचिवहरुमा चितवनका सन्तलाल तमू, धादिङका गोपाल तमू, प्युठानका जिएस तमू, महिला सचिवमा काठ्माण्डौका देवकुमारी तमू, कोषाध्यक्षमा स्याङजाका सिरीसाद तमू, सहकोषाध्यक्षमा ललितपुरका गंगाबहादुर तमू निर्वाचित भएको छ ।

 

यस्तै प्रदेश प्रमुखहरुमा प्रदेश नम्बर १ मा केशरमान तमू, मधेस प्रदेशमा एकबहादुर तमू, बागमती प्रदेशमा गणेशबहादुर तमू, गण्डकी प्रदेशमा दलबहादुर तमू, लुम्बिनी प्रदेशमा झपटबहादुर तमू, कर्णाली प्रदेशमा नन्दबहादुर तमू, सुदुरपश्चिम प्रदेशमा मनबहादुर तमू निर्वाचित भएको छ भने काठ्माण्डौ उपत्यका प्रमुखमा लोकबहादुर तमू, सचिवालय सदस्यमा हरिमाया तमुलाई निर्वाचित गरेको छ।

महाधिवेशनले १९ जना पदाधिकारी, ७ जना प्रदेश प्रमुख, ३९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको छ।

महाधिवेशनले तमू बौद्ध सेवा समिति विशेष संगठनबाट सदस्यमा टिकाराम तमू, अनुशासन समिति संयोजकमा केवलमान तमू, लेखा समिति संयोजकमा खेमजङ तमूलाई निर्वाचित गरेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments