Google search engine
Homeसमाचार | NEWSविश्व | WORLDतमू ल्होसार कार्यक्रम कोरियामा हुने

तमू ल्होसार कार्यक्रम कोरियामा हुने

दक्षिण कोरियामा छरिएर रहेका तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र र महत्वपूर्ण उद्धेश्य सहित तमू धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै यो पटक पनि तमू ल्होसार मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गरी ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।

 

सदाको वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार २०२३ जनवरी ०१ तारिक सउल दोङ्देमुनमा अवस्थित सुविधा सम्पन्न हलमा यस पटकको ल्होसार मनाउने तयारी भईरहेको तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङले जानकारी दिए । उक्त दिन दुई दर्जन भन्दा बढि गुरुङ चलचित्रको गीतहरुमा आवाज दिईसकेकी सुमधुर आवाजकी धनी उषा गुरुङलाई नेपालबाट सांगीतिक प्रस्तुतिको लागि कोरिया आमन्त्रित गरिएको छ ।

 

तमू समूदायको मौलिक गीत घाँटु, झोरा, कौडा तथा सोरठी लगायतमा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति समेत रहने संस्थाका साँस्कृतिक विभाग संयोजक लिलु गुरुङले जानकारी दिईन् । सुविधा सम्पन्न हलमा आयोजना हुने सो ल्होसार कार्यक्रममा तमू (गुरुङ) हरुको रमाईलो जमघटसँगै स्वादिष्ट नेपाली खानाको परिकारको व्यवस्था गरिने संस्थाका केन्द्रीय महासचिव सन्तोष गुरुङले बताएका छन् ।

 

कोरोना कहरको कारण विगत दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न असमर्थ रहेपनि अहिलेको जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा तमू धीं दक्षिण कोरियाद्धारा आयोजित “तमू ही-ल्होसार २०७९” लाई सभ्य र भव्य सफल बनाउन कोरियामा रहेका सम्पूर्ण तमू (गुरुङ) तथा गैर तमू दाजुभाई तथा दिदीबहिनीहरु एवं संघसंस्थाहरुहरुलाई गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments