Homeसमाचार | NEWSनेपाल | NEPALतमु प्ये ल्हु संघ सुनसरी जिल्ला महिला तदर्थ समिति गठन, अध्यक्षमा नर्मदा...

तमु प्ये ल्हु संघ सुनसरी जिल्ला महिला तदर्थ समिति गठन, अध्यक्षमा नर्मदा तमु 

तमु प्ये ल्हु संघ सुनसरी जिल्ला महिला तदर्थ समिति गठन, अध्यक्षमा नर्मदा तमु
मणी सरब्ज तमु
२०७९ कार्तिक जेष्ठ २७  सुनसरी  ।

तमु प्ये ल्हु संघ केन्द्रिय समितिको समन्वयमा र संघको केन्द्रीय महिला समितिको आयोजन, कार्यक्रमका सभाध्यक्ष एवं केन्द्रीय महिला समितिका अध्यक्ष पुष्पा तेल्मे तमुस्योको अध्यक्षतामा तमु प्ये ल्हु संघ सुनसरी जिल्ला महिला तदर्थ समिति गठन सम्पन्न भएको छ |

नवगठित समितिको अध्यक्षमा नर्मदा तमु, बरिष्ठ उपाध्यक्ष कमला तमु, उपाध्यक्ष, नीना माया तमु, सचिव चन्द्रिका तमु, सह-सचिव काजल माया तमु, संगठन सचिव अन्जना ल्हेंगे तमु, कोषाध्यक्ष शोभा र सह कोषाध्यक्ष ज्योति तमु तमु चयन हुनु भएको छ |

यसरि नै सदस्यमा रमा तमु, डक माया तमु, चन्द्र तमु, रंजिता तमु, टिका तमु, अनिता तमु हरिमाया तमु, गंगा तमु, पूर्ण कुमारी तमु, मिना कुमारी तमु रेनुका तमु, अन्जना प्ह्च्यु तमु र नारिमाया तमु रहनु भएको छ |

कार्यक्रम प्रमुख अतिथि तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी टु तमुले दीप प्रज्वलन  गरि उद्घाटन  गर्नु भएको थियो भने क्ल्हेप्री गुरु र बोन लम गुरुले अशिमलां दिनु भएको थियो |

कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय महासचिव एव संगठन भिभाग प्रमुख हर्क योज तमु, तमु प्ये ल्हु संघ सुनसरी जिल्ला अध्यक्ष एव अतिथिहरुले आफ्ना शुभकामना मन्तब्य दिएका थिए |

अन्तमा कार्यक्रमका सभाध्यक्ष एवं तमु प्ये ल्हु संघ केन्द्रीय महिला अध्यक्ष पुष्पा तमुस्योले नवगठित महिला पदाधिकारी एवं सदस्यहरुलाई बधाई एवं शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए |

कार्यक्रमको संचालन केन्द्रिय महिला समितिका महासहचिव पुर्णिमा कुब्छे/सरब्ज तमुले गरेका थिए |

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments