Homeसमाचार | NEWSसमाज | SOCIETYतमु प्ये ल्हु संघ महिला समिति चितवनद्वारा ३६ विपन्न घरधुरीलाई राहत प्रदान

तमु प्ये ल्हु संघ महिला समिति चितवनद्वारा ३६ विपन्न घरधुरीलाई राहत प्रदान

चितवन । तमु प्ये ल्हु संघ महिला समिति चितवनद्वारा ३६ घर विपन्न परिवारलाई राहत प्रदान गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट जोगिन भैरहेको लकडाउनका कारण प्रभावित बनेको विपन्न परिवारलाई समितिले आज खाद्यान्न सामाग्री राहत प्रदान गरेको हो।

समितिले राहत स्वरुप प्रति परिवार १० केजी चामल, १ केजी दाल, २ केजी आलु, २ केजी नुन उपलब्ध गराएको थियो। उक्त राहत सामाग्री तमु प्ये ल्हु संघको इच्छाकामना–७, स्याङदी इकाई समिति अन्तर्गतको ३० घर र खैरहनी नगरपालिकाको सिद्धिपुर इकाई समिति अन्तर्गतको ६ घर विपन्न परिवारलाई प्रदान गरेको थियो।
पिडित परिवारलाई राहत प्रदान गर्दै संकट यो घडीमा पिडितको पिडामा मलम लगाउने प्रयास स्वरुप सहयोग गरिएको तमु प्ये ल्हु संघ महिला समिति चितवनका अध्यक्ष इन्द्र कुमारी गुरुङले बताइन्। उनले भनीन् –‘हामीले आफ्नै गाँस काटेर सदस्यहरुबाट थोरै थोरै व्यक्तिगत रुपमा रकम उठाएर सहयोग गरेको हौं।’
यस्तै सबै एकजुट भएर संकटको सामना गर्नुपर्ने पनि उनले बताईन्।
राहत वितरणमा तमु प्ये ल्हु संघ महिला समिति चितवनका कोषाध्यक्ष शुकमाया गुरुङ, सह–सचिव हितु गुरुङ, सह–कोषाध्यक्ष बन्दना गुरुङ, तमु प्ये ल्हु संघ चितवनको उपाध्यक्ष शुक बहादुर गुरुङ, सचिव बिक्रम गुरुङ स्याङ्गदी इकाईका अध्यक्ष कुमार गुरुङ लगायतकाको उपस्थिति रहेको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments